20 April 2021  |   मङ्लबार, बैशाख ७, २०७८

गायक जोसेफले मदानी बन्ने रहर गरेपछि ……

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, भदौ २७, २०७३  

त्रिप्ती शाही
सुर्खेत/गायक जोसेफ शाहीले मदानी बन्ने रहर गरेका छन् । दैलेखको चामुण्डामा जन्मेका शाहीले काठमाण्डौमा गएर मदानी बन्ने रहर गरेको खुलासा भएको हो । गायक जोसेफले मदानी बन्ने रहर भने आफ्नो वास्तवीक जीवनमा नभई गीत बाट गरेका हुन् ।

14303907_338117376579526_833141720_o
उनले हुन्छौ भने तीमी ठेकी, मै बन्छु मदानी भन्ने आधुनिक गीत बजारमा ल्याएका छन् । शकंर थापा स्माइलको संगित रहेको यो गीतको लय शब्द सिर्जना पनि उनले आफैले गरेका छन् । गीतको एरेन्ज भने उदयराज पौडेलले गरेका हुन् ।
आफुले बजारमा ल्याउँदै गरेको एल्बमको टाईटल गीत मै बन्छु मदानी बजारमा पहिले पठाएको बताउँदै यसै एलबमको ४ वटा गीत भने चाडै बजारमा ल्याउने तयारी गरिरहेको उनले बताए ।
यो गीतको भिडियो पनि चाँडै नै बजारमा आउने उनले बताए । ‘शहरलाई के थाहा को आयो को गयो’ यो गजल गीतबाट गायन क्षेत्रमा पाइला टेकेका शाहीको राष्ट्रवादी गीत ‘राजनीतिको आगो’ पनि केही महिना अगाडि बजारमा आएको थियो ।

प्रकाशित मितिः सोमवार, भदौ २७, २०७३     3:59:51 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *