26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

क्रियाशिल समूह कोहलपुर प्रथम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, भदौ २०, २०७३  

कोहलपुर, भदौ २०
बाँकेको कोहलपुरमा सम्पन्न भएको बृहत तीज गित प्रतियोगितामा क्रियाशिल समूह कोहलपुर प्रथम भएको छ । ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरले हरितालिका तीजको अवसर पारी आइतबार कोहलपुरमा सम्पन्न गरेको प्रतियोगितामा ग्रिनपिस मावि द्वितीय, तृष्णा शाही चिसापानीको टिम तृतीय भएको छ ।  साथै प्रतियोगिताबाट प्रथम हुनेलाई दश हजार, द्वितीय सात हजार र तृतीयलाई पाँच हजार नगद सहित प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । उक्त प्रतियोगितामा छ वटा टिमले सहभागिता जनाएको थिए । कार्यक्रमको मुख्य प्रयोजक होटल पप लाईफले गरेको थियो ।
कार्यक्रममा बोल्दै बाँकेकी सांसद आशा बि.क.ले नयाँ संविधान जारी भए सँगै महिलाका हक र अधिकार स्थापित भएको भन्दै यस्ता चार्डपर्वमा महिलाले प्ररम्परागत शैलिलाई बिसर्न नहुने बताइन् । ‘विभिन्न आन्दोलन र क्रान्तिबाट महिलाको अधिकार स्थापित भएको छ’ उनले भनिन् ‘सामाजिक कार्यहरुमा महिलालाई सक्रिय बनाउन तीजले पनि महत्वपूर्ण भूमिका खेलेको छ ।’ राष्ट्रको प्रमुख स्थानमा महिला पुगिसकेकाले स्थानिय तहमा महिलाको प्रतिनिधित्व हुने गरी यस्ता कार्यक्रममा जोड दिनु पर्ने बताइन् । ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुर बाँकेकी महिला उप–समिति संयोजक सुमित्रा न्यौपानेको सभापतित्वमा सम्पन्न भएको थियो । यससँगै कोहलपुर जेसीज लगायतका विभिन्न संघसंस्थाहरुले कोहलपुरका विभिन्न ठाउँमा तीजी कार्यक्रमहरु सम्पन्न गरेका थिए ।

प्रकाशित मितिः सोमवार, भदौ २०, २०७३     12:00:43 PM  |