उद्योगमा आगोलाग्दा १ करोड ५० लाखको क्षति



कोहलपुर, भदौ १९
बाँकेको शम्शेरगञ्ज– ८ पार्वतीपुरस्थित गणपती प्लाईबोर्ड उद्योगमा आइतबार बिहानान आगलागी भएको छ ।
आगलागीबाट १ करोड ५० लाखको क्षति भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

aaglagi

फाइल फोटो

उद्योग रहेको भवनसहित उद्योगमा रहेको कच्चापदार्थ र मेशिन जलेर ध्वस्त भएको छन । आगोलाई दमकल, नेपाल प्रहरी र स्थानीयले बिहान ४ बजे तिर नियन्त्रणमा लिएका थिए । उद्योगमा आगो कसरी लागेको केहि थाहा नभए पनि अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७३ भदौ १९ गते आइतबार