27 April 2024  |   शनिबार, बैशाख १५, २०८१

एक युवकको रहस्यमय मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, भदौ १६, २०७३  

रामबहादुर रावत
कोहलपुर, भदौ १६
कोहलपुरमा युवकको रहस्यमय मृत्यु भएको छ । बुधबार कोहलपुर न्यूरोडस्थित होटल पप लाईफमा कोठा बुक गरी बसेका कोहलपुर–११का विकास रायको रहस्यमय मृत्यु भएको हो ।  होटलमा राय बेहोस भए पछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण कोहलपुरमा बुधबार ल्याउँदै गर्दा उनको मृत्यु भएको हो । लागु पदार्थ ब्राउन सुगर प्रयोग गरेका कारण उनको ज्यान गएका हुन सक्ने कोहलपुर प्रहरीले जनाएको छ । त्यस्तै उनका साथी कोहलपुर–११ पवन श्रेष्ठ पनि बेहोस भएका थिए । अहिले उनको अवस्था सामान्य रहेको  छ । पवन सँगै अनुसन्धानका लागि नेपालगञ्ज–१३का प्रशान्त शाक्य र सुर्खेत विरेन्द्रनगर–१८ का ईश्वर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालगञ्ज १३ का प्रशान्त शाक्यको नाम १३ गते नै होटलको कोठा नं. २०३ बुक गरिएको थियो भने सुर्खेत विरेन्द्रनगर–१८ का ईश्वर थापाको नाममा १४ गते कोठा नं. २०४ बुक गरिएको बुझिन आएको इलाका प्रहरी कार्यालय कोहलपुर जनाएको छ । चार जना दुई कोठा बुक गरेर बसेको अवस्थामा एक जनाको मृत्यु भए पछि प्रहरीले अरु तीनजना सँग अनुसन्धान थालेको छ ।
प्रहरीको अनुसन्धान यस्तो भन्छ
इलाका प्रहरी कार्यालयका प्रमुख सुरेश प्रसाद काफ्लेका अनुसार मंगलबार दिनको ४ बजे ईश्वर थापा, विकास राय र पवन श्रेष्ठ तीन जना कोहलपुरमा रहेको एक औषधी फार्मेसीका लागि औषधी किन्नका लागि नेपालगञ्ज गए । नेपालगञ्जबाट रुपौडिया पुगरे ‘कोरेक्स’ एक–एक बोतल र ‘डाइजेपाम’ गोटी एक–एकवटा सेवन गरी पुनः नेपालगञ्जबाट समान ल्याई कोहलपुर आए । रातिको ८ः०० बजे ति चारै जनाको भेट भयो । ‘कोरेस’ र ‘डाइजेपाम’ले ‘डोज’ नपुगे पछि पुनः नेपालगञ्ज गई ब्राउन सुगरको व्यवस्था गर्ने जिम्मा पवन श्रेष्ठ र प्रशान्त शाक्यले लिए । नेपालगञ्जबाट ब्राउन सुगरको व्यवस्था  गरी टोली पुनः राति ११ बजे कोहलपुर आयो । होटलमा पुगि सके पछि चारै जना बुधबार बिहान ४ बजे सम्म ब्राउन सुगर सेवन गरेको पाइयो । बुधबार बिहान ४ बजे प्रशान्त शाक्य कोठा नं. २०३मा सुत्न गए । ४ः५८ बजे ईश्वर थापा पिसाब फेर्नका लागि शौचालयमा गए तर त्यहाँ उनले विकास रायलाई भुईमा लडेको देखे । विकास रायको मुखबाट फिज आएको बेहोस भए पछि प्रशान्त शाक्य र ईश्वर थापाले उनलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लैजाने क्रममा उनको मृत्यु भयो । यता पवन श्रेष्ठ पनि बेहोस भएको उनीहरुलाई थाहा भए पछि पुनः बिहान ५ः३० बजे पवन श्रेष्ठलाई प्रशान्त शाक्य र ईश्वर थापाले नै उपचारका लागि अस्पतालमा लगेका थिए । उनको अवस्था सामान्य छ ।
घटनाको वास्तविकता पोष्टमार्टम पछि
त्यस्तै घटनाको वास्तविकता पोष्टमार्टमको रिर्पोट अनुसार हुने इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृत्यु कसरी भएको भन्ने कुराको यर्थाथ बुझ्नका लागि आज(बिहीबार)पोष्टमार्टमबाट मात्र थाहा हुने प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, भदौ १६, २०७३     11:54:04 AM  |