22 September 2023  |   शुक्रबार, अशोज ५, २०८०

तीज गित प्रतियोगीता हुने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, भदौ २, २०७३  

कोहलपुर, भदौ २
कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र महिला उपसमितिले वृहत तीज गित प्रतियोगीता गर्ने भएको छ । हरितालिका तिजको अवसर पारेर भाद्र १९ गते तीज गित प्रतियोगीताको आयोजना गर्न लागिएको महिला उपसमिति संयोजक सुमित्रा न्यौपानले जानकारी दिइन् । यस वर्षको तीज गीत प्रतियोगीता ‘शिक्षा, स्वास्थ्य र सरसफाई’ विषयक हुने उनले बताइन् । कोहलपुरमा आयोजना हुने तीज गित प्रतियोगीतामा विभिन्न क्षेत्रका टोलीहरुको सहभागिता रहनेछ । प्रतियोगीतामा प्रथम हुने टोलीलाई दश हजार, द्वितीयलाई ७ हजार, तृतीयलाई ५ हजार र सान्त्वना हुने टोलीलाई ३ हजार नगद पुरस्कार दिइने संयोजक न्यौपानेले बताइन् । प्रतियोगीताको तयारी तीव्र रुपमा बढेको उनको भनाई छ ।

प्रकाशित मितिः बिहिबार, भदौ २, २०७३     11:42:45 AM  |