26 July 2021  |   सोमवार, साउन ११, २०७८

कोहलपुरदेखि मुक्तिनाथसम्म

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, साउन २९, २०७३  

– सूर्य ढकाल
पार्टी काम तथा अन्य काम सकेर प्रर्या चिया नास्ता खान जम्घट हुने ठाउँ हो साथी साईक पसल । बहिनी लक्ष्मी सुवेदी र उनका श्रीमान् सबैका मन मस्तिक र आँखामा नबिझाउने व्यत्ति हुन् । कुराकै सिलसिलामा दाइ कति पार्टी र पार्टीका कुरा मात्र लेखिरहनु हुन्छ कहिले कँही त कथा, कविता, निबन्ध, यात्रा संस्करण लेख्नुभए हामी पनि पढ्ने थियौं भने पछि यात्रा तथा दैनिक गतिविधिहरुको दैनिक नोट बनाउनु पर्ने रहेछ भन्ने लाग्यो ।
मुत्तिनाथ जाँदा धेरै कुराहरु नटिपिएको हुनाले धेरै साथीहरुको नाम उल्लेख गर्न सकिएन । बाँकेका पुराना आदरणी नेता नन्दलला रोकाया मुटु सम्बन्धी समस्यालाई उपचार गर्न काठमाडौंको गंगलाल हृद्य केन्द्रमा भर्ना हुन भएको थियो । उपचारलाई प्रभावकारी बनाउन वा सहयोगको लागि पाटी कार्यक्रताको हैसियतले म र घननाथ खनाल काठमाडांै गएका थियौं । दुई दिनको काठमाडौ बसाइमा अप्रेसनको सबै चाँजो पाँजो मिलाएर मुत्तिनाथ दर्शन गर्ने योजना बनायौं । म आफैमा आत्धात्मकवादी होइन पुनः जन्मको मलाई त्यति विश्वास छैन् । पृथ्वीको उत्पत्तिको बारेमा धेरै वैज्ञानीकहरुले धेरै खोज तलास गरेका छन् । पृथ्वीको उत्पत्तिको बारेमा सुरुदेखि नै दुई खाले बिचार देखिएका छन् । एक तर्फ पृथ्वीको उत्पत्ति विशाल अग्निपिण्ड सुर्यबाट केही भाग चोइटिएर अलग भएको सुर्यको टुक्राबाट पृथ्वी बन्न गयो भन्ने हो भने अर्को तर्फ परमेश्वरले पृथ्वीको उत्पत्ति गर्नु भयो भन्ने छ । पदार्थ र चेतना कुन पहिलो हो भन्ने विषयमा पनि लोक दुई खेमामा बाँडिएको छ । पदार्थ पहिलो हो भन्ने भौतिकवादी भए चेतना पहिलो हो भन्नेहरु आध्यात्मकवादी भए । यो विभाजनको रेखामा म अहिलेसम्म भौतिकवादी विचारलाई अगालिरहेको छु । म भौतिकवादी भए पनि कसैको आस्था विश्वास माथि खेलवाड गरेको छैन । मन्दिरका अगाडि पुग्दा शिर निहुराएकै छु । धर्मप्रति विश्वास नभए पनि सबै धर्मलाई सम्मान नै गर्दछु । भौतिकवादीहरुको भनाई अनुसार विशाल पिण्ड सेलाउँदै सेलाउँदै गयो । पिण्ड सेलाउँदै जाने क्रममा पृथ्वीको रुप धारण ग¥यो । विभिन्न आकार, प्रकार हावापानी र वातावरण सिर्जना भयो । अनेक पटक प्रलयंकारी भुकम्प र ज्वालामुखी फुटे । पृथ्वीको हावापानीमा अनेक परिर्वतन आयो । पृथ्वीको ठुलो भाग समुन्द्रले ढाक्यो । कतै समुन्द्र कतै पहाड, कतै तालतलैया र कतै बोट विरुवा र वनस्पती देखिन थाले । पृथ्वीमा हावा पानी र उचित तापक्रम भएको कारण विस्तारै विस्तारै जीव र वनस्पतीको उत्पत्ति भएको हो । अर्को तर्फ बह्रमाजीले कानको कानेकुजीबाट दुई मानवको उत्पत्ति गरे भगवानले मधु र कैटव । दानवहरुको लडाईबाट बगेको रगतबाट पानी र छालाबाट माटो र हाडबाट ढुङ्गा बन्यो । भौतिकवादीहरु संसार परिवर्तनशिल छ । यो पढ्न, बुझ्न र परिवर्तन गर्न सकिन्छ भन्ने विश्वास राख्दै आएका छन् भने अध्यात्मवादीहरु ब्रम्ह सत्य हो, जगत मिथ्या हो, सबै प्रणीको श्रृष्टि ईश्वरले गरेका हुन्, हामी सबैको मालिक ईश्वर नै हो । यो सबै परमात्माले चलाउनु भएको छ । यो बुझिनसक्नु छ ।
यस्तै तर्क वितर्क लिएर २०७३ साल बैशाख २२ गते बिहान ४ बजे काठमाडौंबाट पोखरा बेनी हुँदै मुत्तिनाथ पुग्ने लक्ष्य सहित दिनको १२ बजे मेग्दी पुगियो । मेग्दीमा सन्तोष रावल, कृष्ण विक, बाबकृष्ण सुवेदी र हरिकृष्ण श्रेष्ठ लगायत साथीहरुसँग भेट गरी ना.प.५६४ नम्बरको गाडीमा बेलुका घासामा बास बस्ने योजना सहित प्रस्थान गरियो । सबै खर्चको चाँजोपाँजो धननाथ खनालले मिलाएको हँुदा उहाँले अराएको एक दुई काम मान्ने बाहेक अरु समस्या थिएन । घोरे पानी, तातो पानी, रुप्छे छरा, काली गण्डकीको गल्छी (विश्वको सबैभन्दा गहिरो गल्छी) हँुदै बेलुका ९ बजे घासा बास बस्न पुगियो । नेकपा एमाले मुस्ताङ जिल्ला कमिटीका अध्यक्ष क. माइला थकालीको होटेलमा बस्ने व्यवस्था मेग्दीबाटै मिलाएको हुँदा बासको समस्या हुँदा हुँदै पनि हामीलाई त्यति गह्रो भएन । खाना महङ्गो भए पनि कोठा भाडा भने त्यति महङ्गो लागेन । घासाका सबै मानिस हसिला परासिला नै
देखिन्थे । प्रकृति मनमोहक थियो मान्छे झनै सुन्धर थिए ।
बिहान सबेरै उठेर ६ बजेको माइक्रोमा जोमसोमको लागि प्रस्थान गरियो । घासाबाट जोमसोम यात्रा गर्ने बेलामा मुस्ताङका जिल्ला शिक्षा अधिकारी र शिक्षक संगठनका जिल्ला अध्यक्ष साथमा भएको हुँदा मुस्ताङको बारेमा बुझ्न र न बुझेका विषयमा छलफल गर्न धेरै सजिलो भयो । दुबै जना अति मिलनसार हुनाले हामीलाई यात्रा गर्न असजिलो भएन । घासा ठाउँ पर्यटकीय हिसाबले असाध्यै रमाइलो ठाउँ रहेछ । अझ घासामा भन्दा लेते गाउँमा साहै राम्रा होटेलहरु रहेछन् र सबै एक हप्ता अगाडि नै विदेशिहरुका लागि बुक भई सकेका हुँदा रहेछन् । लेते पछि कोवाडमा थकाली जाती शेरचन, लालचन, भटचन र तुलाचनको प्रत्येक १२÷१२ वषर््ामा देवता निकाल्ने र पूँजा गर्ने चलन रहेछ । टुकुचे गाउँको विशेषता २१औं शताब्दीको विज्ञान र प्रविधिलाई चुनौती दिने खालको रहेछ । टुकुचेको मार्चे लेकमा प्रत्येक वर्षका श्रावण महिनामा चौरी गाईको रगत खाने मेला लाग्दो रहेछ । वर्षांै रोगले निको नभएका रोगहरुको निकोे हुने विश्वासका साथ टाढा टाढाबाट बिरामीहरुको ओहिरो लाग्दो रहेछ । टुकुचेपछि मार्फा आउँदो रहेछ । मार्फा भन्ने बितिकै मुस्ताङ जिल्लाको परिचय बोकेको गाउँ नेपालमा सबै भन्दा पहिले सरकारी स्तरबाट स्याउ खेती उत्पादन गरिएको गाउँ । शितोष्ण जलवायुमा पाइने स्याउ, खुर्सानी, दाते, ओखर आदि हुने ठाउँ रहेछ । अहिले जडिबुटी डावरको खेतीले पनि यो ठाउँ प्रसिद्व रहेछ । त्यति मात्र होइन ऐतिहासिक मार्फा गुम्बा भएको ठाउँ, होटेल होटेल भएको ठाउँ र जापानी यात्री बौद्धभिक्षु एवम् अनुसन्धान कर्ता कावागुची आएर बसेको ठाउँ भनेर चिनिदो रहेछ । स्याड हुँदै ११ बजे जोमसोम पुगियो । जोमसोमबाट निलगिरि सेतै देखिन्थ्यो । ढिनीबाट तिलोचो ताल जाने बाटाको किनारा पनि राम्ररी देखिन्थ्यो ।
धौलागिरि हिमाल र लेते हिमाल पनि टल्केकै थिए । मौसम सफा थियो । यहाँबाट लगेका कपाडाहरुलाई मौसमले चुनौती दिन खोजिरहेको थियो । घासामा पानी नियमित पर्ने, जोमसाममा पानी कम पर्ने, मुत्तिनाथमा पानी पर्दै नपर्ने ठाउँ रहेछन् । जोमसोमबाट नागबेनी जान अर्को बस चढ्न केही परसम्म हिढ्नु पर्ने रहेछ । बेनीबाट घासा, घासाबाट जोमसोम, जोमासोमबाट नागबेनी नागबेनीबाट मुक्तिनाथ जाने बाटोको व्यवस्था मिलाइएको रहेछ । गाडीको एकाधिकार वा एकछत्र दादागिरी रहेछ मुस्ताङमा ठुलो संघर्षबाट नीजि गाडी लैजान सकिने व्यवस्था भरर्खरे जिल्ला प्रशासन कार्यालयले मिलाए पनि हाम्रो गाडी जान सक्ने अवस्था नभएकोले भारा गाडीमा यात्रा गरिरहेका थियौं । मुस्ताङको प्राकृतिक वातावरण विचित्रको रहेछ । हेरिरहँु जस्तो लाग्ने । मुस्ताङको आधा जनसंख्या विदेशमा छ भने बाँकी आधा मुस्ताङ बाहिर छ । चार भागको एक भाग मुस्ताङमा छ भन्ने सुनियो । मुस्ताङका पाखा पखेरा डाँडा काँडा, खोला खोल्सा जता सुकै विदेशी पर्यटकहरुको चहल पहल देखिन्थ्यो । हाम्रो प्राकृतिक सुन्दरतालाई देखेर लठ्ठिएका छन् विदेशीहरु । हाम्रो भूमि खोला, नाला, पानी, पखेरा देखेर प्रकृतिको सुन्दर उपाहार सम्झदा
रहेछन् । बाटोभरी विदेशीहरु भेटिन्थे । हाय हेलो चल्थ्यो । एकजना सिङ्गापुरका पर्यटक भेटिए । मैले उनलाई सोधें ‘तपाईलाई नेपाल कस्तो लाग्यो ?’ ‘नेपाल सुन्दर छ, शान्त छ तर विकास हुन सकेको छैन । हाम्रो सिङगापुरमा केही छैन तर हामीले धेरै विकास गयौं ।’ ‘सिङ्गापुरलाई कसरी तपाईहरुले एशियाकै बाघ बनाउनु भयो ?’ मैले प्रश्न गरें । ‘हामीले पैसालाई सुत्न दिएनौं ।’ मैले कुरा बुझिन पछि उनले मलाई बुझाए म प्रभावित भएँ । मैले पनि आपूmसँग भएको पैसालाई सुत्न नदिने फैंसला गरें । गोजीको पर्स छामें । गोजीमा रु ७१५।– थियो । यस्तै यस्तै विकास निर्माणका बारेमा छलफल गर्दै खोल्खोलै कागवेनी पुग्यौं । कागवेनी पुग्दा झापा, मोरङ, डडेलधुरा लगायत र्तीथालुहरुसँग हाम्रो दोस्ती भइसकेको थियो । कागवेनी पुगेपछि दाइ घननाथ र भाउजु कमला श्राद्व गर्न लाग्नु भयो । म कागवेनी उच्च मा.वि.का प्रधानाध्यापक तथा शिक्षक संगठनका जिल्ला अध्यक्षसँग कागवेनीको महत्व र अगाडिको यात्राको बारेमा छलफलमा व्यस्त थिएँ । कागवेनीमा पुगेपछि अचानक आमाको सम्झना आयो । मैले फोनबाट मुक्तिनाथ हिडेको र कागवेनी पुगेको कुरा गरेपछि सुरुमा आमाले पताउनु भएन । घरमा धर्मको कुरा कम गर्ने भएको हुँदा धर्म कर्म तिर छोराको रुची नभएको आमालाई मन परेको थिएन । कागवेनी पुगेको छस् भने बुबाको श्रद्व गरेर फोटो खिचेर ल्याए मात्र विश्वास गर्ने बताए पछि मागेरै भए पनि जौंको पिण्ड बनाएर बुबाको श्राद्व गरें । खाने मुखलाई दैवले छेक्दैन भने जस्तै सबै कुरा मागेर चलाएँ । खै किन हो पण्डितले मसँग श्राद्व गरेको पैसा लिन मानेनन् । बेनी मुस्ताङ राजमार्ग सु–सम्पन्न भएमा मुस्ताङमा नयाँ युगको थालिने हुने छ । ३० गा.वि.स. छन् भने एक निर्वाचन क्षेत्र छ मुस्ताङमा । मुस्ताङ जिल्ला आफैमा बेग्लै भौगोलिक, सामजिक, साँस्कृतिक तथा जैविक विशेषता बोकेको जिल्ला हो । स्याउ, नास्पती, ओखर, आरु, आरुबखडा, कागती र बलाम जस्ता शितोष्ण फलफुलहरुको लागि प्रचुर संभावना बोकेके जिल्ला रहेछ । मुस्ताङ जिल्ला पर्यटकीय स्थलको रुपमा परिचित रहेको छ । १३ जनाको टोली बनाएर कागवेनीबाट मुत्तिनाथ तर्फ लागियो । नेपालको पश्चिमी भाग धौलागिरि अञ्चलको हिमालपारि जोमसोमदेखि करिव आठ कोष उत्तरतर्फ मुत्तिनाथ गा.वि.स. वडा नं. १ मा करिब १३,००० फिटमा हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको एकमात्र पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दिर रहेछ । ढुङ्गा छापिएको बाटो र वातवरण सफा
रहेछ । साँच्चै भगवान बसैकै छन् कि जस्तो लाग्यो । मुल गेटमा पुगेपछि एकछिन घोरिएँ । हाम्रो देशको प्राकृतिक सुन्दरतालाई हाम्रो गरिबी, अभाव, साधन श्रोतको व्यवस्थापन गर्न नसक्नुको पीडा मनमा उब्जिरह्यो । बेनिबाट मुक्तिनाथसम्मको बाटो निमार्ण गर्ने र आधुनिक होटेल बनाउन सक्ने हो भने नेपालको आधा जनसंख्या मुक्तिनाथ दर्शन गर्न आउन सक्थे । मन्दिरको अगाडि पुग्ने बित्तिकै कसैको नाम दिमागमा यस्तो रन्थनिएर आयो । मैले फोन नगरी मनले मान्दै मानेन । सबै कुरा मुत्तिनाथको मन्दिरबाट फोनमै स–बिस्तार बताएँ । किन मुक्तिनाथको मन्दिर अगाडि पुग्ने बित्तिकै उनको नामले मलाई सतायो । एक छिन रन्थनिएँ, रुमल्लिएँ, बहकिएँ । दुबै आत्मा एकै भए जस्तो लाग्यो । आफ्नै शरीर सुम्सुमाएँ । आफैलाई माया लागेर आयो । त्यहाँ पुग्दा र उनको नाम सम्झना आउँदा उनले पनि सम्झिरहेको तर फोन नलागेको कुरा भन्दा साँच्यै भगवान छन जस्तो लाग्यो । ‘मुक्तिनाथबाट मलाई के ल्याइदिने ?’ भने पछि मेरो मुखबाट अन्जान बस भने छु ‘सालिग्राम र शिव लिङ ।’ मुत्तिनाथबाट सम्मानका साथ ल्याएको शिव लिङ भेटेर दिन अझै पाएको छैन । औंसी र पूर्णिमामा निकै भिड हुँदोरहेछ । भिड भाड निकै थियो । कसैले तलाउमा पैसा फालेर जीवन भरिका पाप डुबुल्की मारेर पखालिरहेका थिए । बैशाख भएता पनि मौसम चिसो थियो । १०८ धारमा नुहाएर पाप गरेकाले पखाल्ने र नगरेकाले धर्मकमाउने उद्देश्यले नुहाइरहेका थिए । कागबेनीबाट मुत्तिनाथ यात्रा गर्दा बाटोमा हरियाली कमै देखिन्थ्यो । पुराका पुरा पहाड उराठ लाग्दो । पहाडको चुचुरोमा पनि मरुभूमिजस्तो । पहाडमा झुन्डिएर चौरी गाई चरिरहेका जस्ता देखिन्थे । तर मन चाहि हल्का भए जस्तो भयो । राम्रो कामको लागि राम्रो यात्रामा हिडे जस्तो भान मनमा भयो । म पनि सहभागी भएँ, धर्मप्रतिको आस्था बिस्तारै पलाउन थालेको जस्तो लाग्यो । एक जना पुँजारीसँग मुत्तिनाथको बारेमा सोधें शिवपुराणमा यसको बारेमा सबै बेलिविस्तार गरेको कुरा सुनाए । राक्षस जालन्धर पत्नी वृन्दाको पतिव्रतका कारण बलमान थिए । बलको भरमा जनतालाई सारै दुख दिन थाले । पत्नी वृन्दाको पतिव्रत नडगमयासम्म जालन्धरलाई जित्न नसकिने भएको हुँदा रुपमा एकदमै सुन्दरी वृन्दाको पतिव्रत डगमगाउन शिवजी जालन्धरको रुपलिएर गए तर शिवजीले सकेनन्,पछि विष्णु जालन्धरको रुपमा गई वृन्दासँग रतिक्रिडा गरी वृन्दाको पतिव्रत नष्ट गरेपछि जालन्धरको मृत्यु भयो । जाल झेल गरी आफ्नो श्रीमान्लाई विष्णुले मारेको ठानी उनले विष्णुलाई ‘वृक्ष, झार, पत्थर र घाँस हुन परोस्’ भनी श्राप दिइन् । वृक्ष पिपल,झार तुलसी, घाँसमा कुश, पत्थरमा सालिग्राम विष्णुको रुपमा धारण भयो । मुक्तिनाथमा यी सबै चिज प्राप्त हुने भएकोले यसलाई मुक्तिनाथ भनिएको हो । यो ठाउँमा आएर एक पटक दर्शन गरी १०८ धाराबाट नुहाएपछि जीवनका सबै पाप पखालिने जनविश्वास छ । प्रसिद्ध मुक्तिनाथ दामोदर कुण्ड, कागवेनी, बौद्ध तथा हिन्दु तीर्थयात्रीको लक्ष्य रहेको छ । पोखराको बहाराई मन्दिर, स्याङजाको छाङ्छाङ्दी, देबघाट, सिद्व बाबा, लुम्बिनी हुँदै दूई वर्षपछि फेरि मुक्तिनाथ जाने लक्ष्य सहित कोहलपुर आयौं ।

प्रकाशित मितिः शनिबार, साउन २९, २०७३     12:21:29 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *