20 June 2024  |   बिहिबार, असार ७, २०८१

अन्तर्राष्ट्रिय अवधि महोत्सव शुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, साउन २७, २०७३  

कोहलपुर, २७ साउन
नेपालगञ्जमा बुधबारदेखि अन्तर्राष्ट्रिय अवधि महोत्सव सुरु भएको छ । बुधबार र बिहीबारदुई दिन चल्ने महोत्सवमा नेपाल र भारतका आतिथ्यहरुको सहभागिता रहेको छ ।

13987750_1843731092516838_1953867782_o

कार्यक्रममा सहभागीले अवधि भाषा लोप हुँदै गएको भन्दै संरक्षणमा जोड दिएका छन् । अवधि भाषा, साहित्य र संस्कृतिको विकासका लागि राज्यले पनि चासो दिनुपर्ने उनीहरुको माग छ । अवधि साँस्कृतिक प्रतिष्ठनका अध्यक्ष बिष्णुलाल कुम्हालको सभापतित्वमा भएको उद्घाटन सत्रमा अवधि समुदायका अगुवा पशुपति दयाल मिश्र, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेत, समाजसेवी नन्दलाल बैश्य लगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा अवधि क्षेत्रको विकासमा सहयोग पु¥याउने दर्जन बढीलाई सम्मान गरिएको छ । सञ्चार क्षेत्रबाट अर्जुन ओली, साहित्यबाट सनत रेग्मी, अवधि भाषाबाट मोदनीप्रसाद केवट, स्वास्थ्य क्षेत्रबाट डाक्टर बिनोद थापा लगायतलाई सम्मान गरिएको हो । प्रतिष्ठानका अध्यक्ष कुम्हालका अनुसार, ४ सत्रमा आयोजना गरिएको कार्यक्रममा नेपाल र भारतका स्रष्टाहरुले अवधि भाषा, साहित्य र संस्कृतिको अवस्था, संरक्षणका उपाय लगायतका बारेमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत भएका छन् । नवलपरासीदेखि महेन्द्रनगरसम्मका विभिन्न अवधि भाषी अगुवाहरुको महोत्सवमा सहभागिता छ । सन्तशिरोमणि भक्त कवि तुलसीदासको ५ सय १९औं जयन्ती तथा अवधि दिवसको अवसर पारेर महोत्सवको आयोजना गरिएको हो ।

प्रकाशित मितिः बिहिबार, साउन २७, २०७३     12:23:13 PM  |