24 September 2023  |   आइतवार, अशोज ७, २०८०

व्यवसायिक भ्रमण, होटेल सोल्टीमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, साउन २२, २०७३  

– सागर गैरे

sagar gaire
एशीयन पेन्टस्को विक्रेता स्पेक्ट्रा क्लबको मीटिङ्गको काठमाण्डौ भेलामा हामी पनि आमन्त्रित थियौं । भाइहरुसँगको सरसल्लाहपछि म काठमाण्डौं जानको लागि तयार भएको थिएं । एशीयन पेन्टस्का मध्यपश्चिम प्रतिनीधि तारा मैनालीले काठमाण्डौका लागि बुद्ध एयरको दुई तर्फी टिकट उपलब्ध गराउनु भएको थियो । एशीयन पेन्टसका तारा मैनाली, सुदुरपश्चिम प्रतिनीधि दाङ घोराहीमा सुपथ हार्डवेयरका विनोद पन्त तथा नेपालगंज वागेश्वरी कलर वल्र्डका रीतेश बिष्ट सहित म यात्रामा निक्लिएका थियौं चैत्र ६ गते राझा विमानस्थलबाट ।
कुनै समय आकाशमा उडिरहको विमान हेर्दा अचम्म लाग्दथ्यो । अहिले आकाश यात्रा गरेका अवसरहरु नै ३–४ वटा भइसके । विमानको झ्याल किनारबाट वाहिरी दृश्यहरुमा ध्यान केन्द्रित गरेको थिएं । ग्रामिण दृश्यहरु, सडक अनि गोरेटाहरु, खेतका फाँटहरु, पातला जंगलहरु, खोला नदीहरु देखिन थाले । वर्षे याममा उर्लने खहरेहरु सुख्खा प्राय थिए । बाहिरबाट हेर्दा जस्तो बाक्ला थिएनन् जङ्गलहरु । बाँकेमा बन विनाशको क्रम तिव्र छ । राप्ती नदी नागबेली भएर बगेको छ । समानान्तर तरिकाले पूर्व पश्चिम राजमार्ग तन्किएको छ । राप्ती नदिको अगैयामा बनेको ब्यारेज पनि देखियो । पहाड अनि जंगल त्यसपछि तराईका फाँटहरु पातला बस्तीहरु । प्रायः सबैतिरका दृश्यावलोकन यस्तै थिए । नारायणगढ पार भएपछि विमाान पहाडी भू–भाग तर्फ र्र्तेिर्सयो । अलिक अग्ला पहाडहरु देखिन थाले । उत्तर तिर कपास जस्तै स्निग्ध बादलका थुप्रा देखिए । बादलमाथि उड्दै विमान काठमाण्डौ उपत्यकामा प्रवेश भयो । नेपालगंजबाट हवाई मार्ग भएर काठमाण्डौ पुग्न एक घण्टा जति लाग्छ तर सडक मार्गबाट १२ घण्टा बढी । काठमाण्डौ प्राकृतिक छटाले भरिपूर्ण उपत्यका हो । तर अनियन्त्रित र अव्यवस्थित निर्माणले काठमाण्डौ अस्तव्यस्त भएको छ । जताततै घरैघर छन् । अपार्टमेन्टको संख्या पनि निकै थपिएको रहेछ ।
गौशाला स्थित इन्दे्रणी होटेलमा हाम्रो बसाइ थियो । कार्यक्रम स्थल नेपालको सबैभन्दा पुरानो तर सुविधा सम्पन्न होटेल दुनियाको ताज सोल्टी होटलमा थियो । सोल्टी होटलको बारेमा धेरै कुरा सुनिएको भएता पनि यस अघि त्यहाँ पुग्ने अवसर जुटेको थिएन । विमान अवतरण भएपछि गौशाला स्थित इन्द्रेणी होटलमा झोलाहरु राखेर हामीलाई लिन अघिदेखि नै र्पिर्खरहेको बसमा चढेयौं । एकै छिनमा हामी सोल्टी होटेल पुग्यौं ।
नेपाल विश्वव्यापार संगठन (डब्लु. टि.ओ.) को सदस्य बनेपछि नेपाली उत्पादनले विश्व बजारमा कति प्रभूत्व जमाए त्यो आफ्नो ठाउँमा छँदैछ तर नेपाल बहुराष्ट्रिय उत्पादनको डम्पीङ्ग साइट बनेकोमा कुनै विवाद छैन । नेपालका उद्योगपतिले आफ्ना उत्पादनलाई अन्तराष्ट्रिय बजारमा स्थापित गराएका उदाहरण भेट्टाउन सायद अप्ठ्यारै पर्ला । अब पनि उनीहरु परम्परागत तरिकाले चलिरहने हो भने अब नेपाली उत्पादनहरुलाई आफ्नै देशमा पनि टिक्न गाह्रो हुन सक्छ । एशीयन पेन्टस्ले उत्पादन, बजार पर्बद्धन, वस्तुको विज्ञापन तथा आम उपभोक्ता सम्मको वितरण प्रकृयासम्म विशेष रणनीति अपनाएको छ । हरेक क्षेत्रमा कुशल व्यवस्थापकको अहं महत्व रहन्छ कुनै पनि संस्थालाई कुशल तरिकाले संचालन गर्नको लागि । एशीयन पेन्टस्को रणनीतिक विक्री योजनालाई नेपालका उद्योगपति तथा व्यापारीले पनि अवलम्बन गर्न जरुरी छ । कार्यक्रममा आफ्ना केही नयाँं उत्पादनको जानकारी तथा बजारमा आउने जानकारी दिइयो । कार्यक्रममा देशभरबाट आएका पेन्ट व्यवसायी थिए । वंगलादेशमा नेपाल महत्वपूर्ण ठानिएको प्रतिस्पर्धामा अफगानिस्तानसंग क्रिकेट खेल्दै थियो । सहभागीहरु एशीयन पेन्टस्को कुरा पनि सुन्दै थिए र आफ्ना मोबाइलमा क्रिकेट गतिविधिमा पनि अपडेट भइरहेका थिए । नेपाल ट्वान्टी २ विश्व कप क्रिकेटमा सहभागी भएपछि क्रिकेटको ज्वरो ह्वात्तै बढेको हो । नेपालले विकेट लिंदा सभा हलमा प्रसननताको लहरको महसुस हुन्थ्यो जब जब अफगानिस्तानको स्थितिमा सुधार आउथ्यो, एकाएक माहोल निरशीलो बन्थ्यो । क्रार्यक्रममा सहभागी चाहे जनकपुरका हुन् या महेन्द्रनगरका । प्रत्येक नेपालीको हृदयको धड्कन यस्तै गरी त बढेको होला, म सोचिरहेंथे । नेपालले अफगानिस्तानमाथि विजय पायो र अपेक्षा गरे जस्ते हङ्गकङ्गले पनि बंगलादेशलाई पराजित ग¥यो । तर नेट इन्टरनेटमा नेपाललाई पछि पार्दै वंगलादेश सुपर टेनमा छानींदाको पीडा सहभागी सबैमा थियो । नेपालको यस पटकको प्रर्दशनीबाट सारा नेपाली खुशी थिए ।
दोस्रो दिन विनोद पन्त सँगै सुन्धारा स्थित सीभीलमहलको क्यू.एफ.एक्स हलमा फिल्म हेर्न पुगियो । फिल्म हल नछिरेको पनि ७–८ वर्ष पुगिसकेको थियो क्यार । काठमाण्डौका हलमा फिल्म हेरेको भने यो मेरो जीवनकै पहिलो पटक थियो । रागिनी एम.एम.एस २ हिन्दी फिल्म सोही दिन रिलीज भएको रहेछ । भुत प्रेत माथि आधारित फिल्म, घरि–घरि डरले सिरिङ्ग भइन्थ्यो । फिल्मका कथानक, शुत्र, अनि प्रस्तुतिमा कति अन्तर आइसकेको रहेछ । अश्लील फिल्म जगतबाट आएकी भनिएकी नायीका सन्नी लियोनी अभिनीत फिल्म हेर्दा भारतीय सीनेमामा पनि परम्परागत मूल्य मान्यता र आदर्शमा स्खलन आउन थालेको सहजै अनुमान गर्न सकिन्थ्यो । सायद समाजनै सोही दिशातर्फ अग्रसर भएको पो हो कि ?एशीयन पेन्टस् प्रयोगकर्ताहरुको उल्लेख्य सहभागिता थियो । ‘फेस बुक लाईक’ मतको आधारमा छानिएका घर धनीहरुलाई पुरस्कृत गर्ने कार्यक्रममा राजधानीबाट थुप्रै पत्रकार, समाजसेवी, बैंकर, आम उपभोक्ता तथा व्यवसायीहरुको उल्लेख्य सहभागी थिए । मीस नेपाल सदीक्षा श्रेष्ठदेखि लिएर कलाकार द्वय करिश्मा मानन्धर, रबि डंगोल, गायक निमा रुम्बा समेत आमन्त्रित थिए । भव्य कार्यक्रम बीच एशीयन पेन्टस् ड्रिम होम कन्टेस्टका टप दश बिजेताहरु घोषित भए । ठूलो हलमा मिलाएर टेबुल कुर्चीहरु सजाइएका थिए । प्रत्येक सहभागीको अगाडि नेम प्लेट राखिएको थियो । कलाकारहरुले आफ्नो जोडदार प्रस्तुति दिए । संगीत र प्रकाशनको संयोजन तारिफ योग्य थियो । टेबुलमा ताजा गुलाफको फुल (कटफ्लावर) सजाइएका थिए । उपस्थित सहभागीहरुलाई विभिन्न खानाका परिकार बोकेर सर्भ गरिरहेका थिए होटल परिचायकहरु । धेरै मदिरामा डुबेका थिए । रात छिप्पिंदै गरेपछि गीत संगीतको रागमा डुब्नेहरु पनि प्रसस्तै थिए । सोल्टी होटेल अबेरसम्म उन्मत्त झुमिरहेको थियो । भवनहरु, कोठा, फर्निचर, शौचालय, सभाकक्ष पेन्टीङ्गस् सबैले होटेलको भद्र स्वभाव झल्काइरहेका थिए । यति ठूलो होटलमा भएको कार्यक्रममा म पहिलो पटक सहभागी भएको थिएँ । बाहिरी पटांगिनीमा टेन्ट सजाइएको थियो । मानिसहरु खानपिनमा रमाइरहेका थिए । करिश्मा मानन्धर, रबि डंगोल र निमा रुम्बासंगै फोटो सेसन गर्ने सौख सबैमा देखियो । अनायास दर्के पानी र्बिर्सयो । धन्न कार्यक्रमलाई बढी क्षति पुगेन । पानीले थोरै चिसो बढायो । यहि त हो नी काठमाण्डौको विशेषता । हावापानीकै कारण मानिसहरु हत्पत् काठमाण्डौ छोड्न चाहँदैनन् । साँच्चै मोहनी लगाउने खालको हावापानी र मौसम छ काठमाण्डौमा । त्यसैले त यहाँको जनसंख्या दिन दुई गुना रात चौगना बढ्दो छ ।
राती होटलमा फर्किएपछि सोचें, कति विकसित भइसकेको छ काठमाण्डौं । सीभीलमलको विद्युतीय भ¥याङ्ग, शौचालय सेवा सुविधा कति स्तरीय छन् । रांझा विमान स्थलको शौचालय सम्झनामा आयो । उदेक लाग्छ, विमान स्थलमा ओहोरदोहोर गर्ने यात्रुले शौचालयको दुरावस्था प्रति के सोचेका होलान् कुन्नी ? विमान स्थलमा नेपाली क्रिकेट खेलाडीलाइ स्वागत गर्न विधार्थी भिड उर्लिएर पुग्यो । भव्य ¥यालीको आयोजना भयो, मानौं कि नेपालले विश्वकपै जीतेको छ । नेपाली समाजमा ठूलो परिवर्तनको अपेक्षा चुलिंदै गएको छ । नयाँ पुस्ता देशमा भ्रष्टाचारको अन्त्य भई सुशासन आएको हेर्न चाहन्छ । रंगशाला, फराकिला सडक, सफा बाग्मती, बन्यजन्तु संरक्षण लगायत धेरै कुरामा तत्काल परिवर्तन चाहन्छ । ऊ धैर्य गरेर बस्ने हालतमा छैन । युवाहरुको असन्तुष्टिलाई समयमै संवोधन गर्न नसके भोलि नराम्रा खबर सुन्न नपर्ला भन्न सकिंदैन । क्रिकेटको बिजय ¥यालीले सबै तहका नागरिकलाई जोड्न सक्यो । क्रिकेटले अन्तर्राष्ट्रिय भाइचारा बढाउन विदेशसँग सम्बन्ध स्थापित गर्न पनि सहयोग पु¥याउँदो रहेछ । क्रिकेट नेपालको नयाँ परिचय बन्दै गरेको अनुभूतिले म मख्ख भएँ । काठमाण्डौमा मानिसको थेगी नसक्नुको भिड छ । सायद नेपाल काठमाण्डौ मात्र पो हो कि ? सबै खाले सहरी विकास यही मात्र छ । दुर दराजका गाउँमा खै के सुविधा हेलान् र ? त्यसैले त मानिसको सोच राजधानी केन्द्रित छ । जति सुकै प्रयास गरिए पनि वाग्मतीको स्थितिमा परिवर्तन आउन सकेको छैन । सडकमा केही सुधार आएको पक्कै हो । जताततै मानिसका लस्कर देखिन्छन् यसमा कुनै कमी देखिंदैन । सबैखाले सुविधा केन्द्रित भएकाले पनि यो सबैको नजरमा परेको हो । अन्यथा यहाँको प्रदुषण र कोलाहलउस्तै छ । कताकति भित्री सडकमा पनि सडक सीमा मिचाएका घर भत्किंदै छन् । होटेलको बसाइ सुखद रहे पनि रात भने सुमधुर बनेन । मेरो रुम पार्टनर ‘रीतेश जीको घुर्ने बानी रहेछ । वहां तुरुन्तै निदाइहाल्नु भयो । कोठामा एकनाससंग घुराइ गुिन्जरहेको बेला कसरी निदाउन सकिंदो रहेछ र ? दुबै रातको सुताइ एकदम कस्टकर नै रहे । दुई दिन सम्मको रमझम पूर्ण यात्रा सकिएपछि हामी विहानै त्रिभुवन विमान स्थलमा आयौं । एशीयन पेन्टस्को माध्यमबाट देशका विभीन्न भेगमा हार्डवेयर व्यवसाय गर्दै आउनु भएका व्यवसायीहरुसँग सम्बन्ध गाँस्ने तथा अनुभव सेयर गर्ने अवसर जुट्यो । हाम्रा पुर्खा किसानी पेशामै रमाए पनि मेरो पुस्ता (समय) व्यवसायमा होमिएको
छ । व्यापारमा निरन्तर लागिरहनु पर्छ । रणनीति बनाएर मात्रै हुँदैन काममा कठोरताका साथ जुटिरहनु पर्दछ । हरेक कामलाई फरक तरिकाले सम्पन्न गर्नु पर्दछ । मिहिनेत र परिश्रम को अर्को पाटो नै सफलता हो । अचानकको यात्रा उपलब्धि पूर्ण रह्यो । विमान फर्किदा सानो असावधानीले फेन्टाको गिलास मेरो शरीरमा पोखियो । एयर होस्टेजले ‘सरी’ भने पनि कपडामा दाग परिसकेको थियो । राझादेखि कोहलपुरसम्म सडक निर्माण कार्य द्रुत गतिमा चलिरहेको थियो । कोहलपुरदेखि सुरु भएर कोहलपुर मै आएर अन्त्य भएको यस यात्राका केही सम्झनाहरु मोबाइलमा कैद छन् । धेरै त मानसपटलमा संग्रहित छन् । एउटा लेखकको नाताले यस यात्रालाई पनि आम पाठकसँग सेयर गर्नको लागि कोरिएका यात्रा अनुभूति न हो यो विवरण ।

प्रकाशित मितिः शनिबार, साउन २२, २०७३     1:06:45 PM  |