कोहलपुर, साउन २२
नेपाली कांग्रेस निकट नेपाल किसान संघ कोहलपुरको सभापतीमा सारदा शर्मा चयन भएकी छन् । शुक्रबार भएको संघको प्रथम नगर अधिवेशनले शर्माको सभापतित्वमा १८ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
जसको सदस्यहरुमा डिलबहादुर घर्ती, देबेन्द्रजंग अधिकारी, बुद्धिप्रसाद गैरे, आशिराम सार्की, श्यामलाल थारु, हरिहर यादव, रिता थापा, मनिराम अहिर, शान्ता गिरी, रेशमबहादुर वली र रामलाल घर्ती रहेका छन् ।
६ जना सदस्यहरु पछि थपिने अध्यक्ष शर्माले जानकारी दिइन् । किसान संघ बाँके अध्यक्ष भानुभक्त भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेस कोहलपुर नगर सभापति बलराम शर्मा, नेपाली कांग्रेस कोहलपुर वडा नं. १२ बाट क्षेत्रिय प्रतिनिधि केशकुमारी वली, कांग्रेस कोहलपुर वडा नं. १ सभापति तिलक नेपाल लगायतको उपस्थिति रहेको थियो । अधिवेशनको उद्घाटन सत्र किसान संघ बाँके क्षेत्र नं. १ का सभापति रेशम गिरीको सभापतित्वमा भएको थियो ।