18 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

विद्युत प्राधिकरणका ज्यालादारी मजदुर आन्दोलित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, साउन २२, २०७३  

कोहलपुर, साउन २२
कोहलपुर ११ न्यूरोडमा पानी परिरहेका बेला विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएका बेलभार–४ का सतिराम यादवका परिवारले उचित क्षतिपूर्ति नपाएको गुनासो गरेका छन् । विद्युत प्राधिकरण कार्यालय कोहलपुरमा कार्यरत यादवको ९ साउनमा करेन्ट लागेर मृत्यु भएको थियो । प्राधिकरणले उचित क्षतिपूर्ति नदिएको भन्दै नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी क्षेत्रिय संघर्ष समितिले आन्दोलन थालेको छ । जस अन्तरगत शुक्रबार विद्युत प्राधिकरण नेपालगन्जमा धर्ना समेत दिए ।

13940065_745943398878368_1910682350_o

मृतक यादवका भाइ तिर्थरामले आफूहरुलाई विद्युत प्राधिकरणले काम लगाउँदा ऐन नियम हेरेर नलगाएको तर क्षतिपूर्ति दिँदा नियममा व्यवस्था छैन भन्दै उचित क्षतिपूर्ति नदिएको गुनासो गरे । कामदारको सुरक्षालाई ख्याल नगरी आफूहरुको जीवन २ लाखमा तौलिएकाले बाध्य भएर धर्नामा बसेको मजदुरहरु बताउँछन् । नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी क्षेत्रिय सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष नरेन्द्र यादवले विद्युत प्राधिकरणले आफ्नो निर्णय सच्याउनुपर्ने बताए । उनले उचित क्षतिपूर्ति नदिई २ लाखमा टार्न खोजेकाले आन्दोलनमा उत्रनु परेको बताए ।
नेपाल विद्युत प्राधिकरण क्षेत्रिय कार्यलय नेपालगञ्ज वितरण केन्द्रका प्रमुख उमेश कुमार झाले कर्मचारी विनिमय ऐनको ९० को दफा ५ मा ५ लाख रुपैया वा आश्रित परीवारलाई रोजगार दिनुपर्ने नियम भएकाले आफुले त्यसै अनुसार काम गर्ने बताए । यसरी काम लगाउने बेलामा ऐन नियमको ख्याल नगर्ने तर, क्षतिपूर्ति दिने समयमा ऐनका कुरा गर्ने भन्दै मजदुरहरु आन्दोलित भएका छन् । उनीहरुले ५ लाख रुपैयाँ दिनुपर्ने, परिवारको एक जनालाई रोजगार प्रदान गनुपर्ने, घट्नाको सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने, साउन १७ गते नेपालगञ्जमा करेन्ट लागेर घाइते भएका कल्लु शाहीको उपचार खर्च दिनुपर्ने, बिदा अवधिको तलव पनि प्रदान गनुपर्ने, २४ घन्टे कामलाई हटाई ८ घन्टा समय तोकिनुपर्ने जस्ता मागहरु राखेको नेपाल विद्युत प्राधिकरण दैनिक ज्यालादारी क्षेत्रिय सङ्घर्ष समितिका केन्द्रीय महासचिव लिल बहादुर कनौडीले बताए ।

प्रकाशित मितिः शनिबार, साउन २२, २०७३     12:55:55 PM  |