कोहलपुर, साउन १९
गायीका सपना शाहीको तीजगित ‘जाऊ सानु माइत जाऊ’ को म्यूजिक भिडियो मंगलबार विमोचन गरिएको छ । म्युजिक भिडियोको कोहलपुर नगर विकास समिति अध्यक्ष लक्ष्मणराज पौडेलले विमोचन गरेका हुन् । सम्मान म्यूजिक प्रा.लि.को प्रस्तुती रहेको सो म्यूजिक भिडियो स्थानीय कलाकारहरुको अभिनय रहेको छ भने कोहलपुरका विभिन्न पर्यटकीय स्थलहरुमा छायाँकन गरिएको छ । सो म्युजिक भिडियो निर्माणमा कोहलपुर नगरपालिका, कोहलपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, महिला सञ्जाल कोहलपुर र नमूना आमा समूहले सहयोग गरेका थिए ।
हिपत नेपालका अध्यक्ष सन्तोषराज पौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव शिवध्वज शाहीले गरे थिए । स्थानीय कलाकारहरुको अभियनमा तयार पारिएको म्यूजिक भिडियो कोहलपुर क्षेत्रकै परिवेशमा छायांकन गरिएको निर्देशक सन्तोष राज पौडेलको बताए । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, कोहलपुर नगरपालिका प्रतिनिधि, इलाका प्रशासन कार्यालय प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।