23 October 2021  |   आइतवार, कार्तिक ७, २०७८

पुनःसंरचनाको मापदण्ड अव्यवहारिक ः कोइराला

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, साउन १७, २०७३  

कोहलपुर, साउन १७
नेपाली काँगे्रसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइरालाले स्थानीय तह पुनःसंरचनाको मापदण्ड अत्यन्त अव्यवहारिक भएको बताएका छन् । नेपाली काँग्रेस बाँकेले आइतबार गरेका अन्तरक्रियालाई सम्बोधन गर्दै उनले हिमाल, पहाड र तराईका जिल्लाका लागि एउटै प्रकारको मापदण्ड हुन नसक्ने बताएका हुन् । पार्टीका केन्द्रिय स्थानिय तहको निर्वाचन हुनेमा आशंका नगर्न आफ्ना कार्याकर्तालाई आग्रह गर्दै डा. कोइरालाले आजैबाट वडा वडामा चुनावी कार्यक्रम लिएर जान कार्यकर्तालाइ आग्रह गरे । स्थानिय तहको निर्वाचनमा महिला सहभागीता बढि भन्दा बढि चाहिने भन्दै उनले महिलाहरुले आफ्नो क्षमता वृद्धि गर्ने र क्रियाशिलता बढाउन पनि आग्रह गरेका छन् । काँग्रेस एक ढिक्का नभए लोकतन्त्र र राष्ट्रियतामाथि खतरा हुन्छ, त्यसकारण काँग्रेस बलियो हुन आवश्यक रहेको बताए । अर्को प्रसंगमा केन्द्रिय सदस्य कोईरालाले पार्टीको साधारण सदस्यता नबाँड्ने तर अधिवेशनको अन्तिम समयमा एकैचोटी क्रियाशिल सदस्यता आफ्ना आफन्त, नातागोतालाई बाँड्ने प्रवृत्ती बढेको भन्दै त्यसलाई पार्टीले रोक्नुपर्ने बताए । नेपाली काँगे्रस बाँकेकी सभापति किरण कोइरालाको सभातित्वमा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

प्रकाशित मितिः सोमवार, साउन १७, २०७३     12:48:17 PM  |