कोहलपुर, साउन १७
सुरक्षित बसोबासको माग गर्दै बाँकेका राप्ती नदी आसपासका बाढीपीडितले जिल्ला प्रशासन कार्यालय बाँके घेराउ गरेका छन् । राप्ती नदी आसपासका होलिया, बेतहनी, फत्तेपुर, बनकट्टी, गंगापुर र मटेहिया गाविसका बाढीपीडितहरुले प्रदर्शन गर्दै प्रशासन घेरेका हुन् । उनीहरुले सुरक्षित बसोबासको व्यवस्थाका साथै खेतीयोग्य जमिनको सुरक्षाका लागि तटबन्ध निर्माण, बाढीले क्षति पु¥याएका सडक पुनःनिर्माण गर्नुपर्ने माग राखेका छन् । उनीहरुले आफ्ना माग हप्तादिनभित्र पूरा नगरिए आन्दोलन गर्ने बताएका छन् ।
लक्ष्मणपुर बाँध पीडित संघर्ष समिति बनाएर प्रशासन घेर्न पुगेका बाढीपीडितहरुले ज्ञापनपत्र बुझाएका छन् । ज्ञापन पत्र बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले बाढीपीडितको विवरण संकलनपछि अस्थायी रुपमा सुरक्षित बसोबासको व्यवस्था मिलाउने बताए । प्रजिअ पन्थले २०७१ साल चैत्र १ मा आएको बाढीले पु¥याएको क्षतिका विषयमा मन्त्री परिषदले बैठकले आर्थिक रकम दिने निर्णय गरेपनि त्यो रकम नआएको भन्दै आफूहरुले केहि अघि मात्रै बैठक बसी अर्को निर्णय गरेको बताए । बाढी पीडितहरुको मागलाई सम्बोधन गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी पन्थले आफूहरुले त्यहाँका स्थानियहरुको समस्याका पहिचान गर्ने र पीडितहरुको तथ्यांक संकलन गर्ने कार्यमा आफूहरुलाई सहयोग पु¥याउन उनीहरुलाई आग्रह समेत गरे ।
भारतले दशगजा क्षेत्रमा बनाएको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धले राप्ती नदी र अन्य खोलानालाको पानीको निकास थुन्दा वर्षेनी आधा दर्जन बढी गाविस डुबानमा पर्ने
गर्दछन् ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, साउन १७, २०७३