26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

गाईपालनबाट मनग्य आम्दानी गर्दै लक्ष्मी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, साउन १७, २०७३  

राबन विश्वकर्मा
बाँसगढी, १७ साउन
बर्दिया बाँसगढी नगरपालीका ५ नेवाडा पहाडीपुरकी लक्ष्मी सुबेदी आजभोली गाईलाई स्याहार्न व्यस्त छिन् । बिहान उज्यालो भए देखि रात नपरे सम्म घाँस काट्ने, गाँईलाई दाना दिने र गोठ सरसफाई मै उनको दिनचर्या बित्ने गर्छ ।
लक्ष्मी मात्रै होइन उनको काम देखेर घरका सबै परिवारले उनलाई भरपुर सहयोग र साथ दिएका छन् । उनको साहास र आँटलाई देखेर उनका श्रीमान कृष्णप्रसाद सुबेदी र उनका दुई छोराहरुले पनि गाईलाई स्याहार्न देखि गोठ सफाईमा समेत साथ दिँदै आएका छन् । लक्ष्मी चुलो चौको घाँस दाउरा र घर गोठ स्याहार्न मात्रै होइन, व्यवसायी रुपमा फर्म खोलेर पनि महिलाले आम्दानी गर्न सक्छन् भन्ने उदाहरण अहिले लक्ष्मी बनेकी छिन् । २ बर्ष अघि देखि एउटा गाईबाट व्यवसाय सुरु गरेकी लक्ष्मीको गोठमा अहिले ५ आटो दुध दिने र ४ ओटा बाँच्छी गरी ९ ओटा गाई छन् । अहिले उनका गोठमा जर्सी गाई २ र होलीस्टेन ३ ओटो र ४ बाच्छाहरु छन् । सुरुमा झण्डै ६०÷७० हजारमा गाई किनेर गाँई पालन गरेकी लक्ष्मीको अहिले झण्डै ४ लाख बढीका गाँई सहित मनग्य आम्दानी गरिरहेकी छिन । उनले अहिले आफनै घर परिवासँगै मिलेर दुख र मेहनत गरेर मासिक ४० हजार बढी आम्दानी गरिरहेको बताउँछिन् ।
उनले दैनिक ४० लिटर सम्म दुध डेरीमा संकलन गरिरहेकी छन् । २ बर्ष अघि देखि १ ओटा गाईबाट गाईपालन सुरु गरे पनि करिब डेर बर्ष पहिले देखि लक्ष्मी गाई फर्म दर्ता समेत गरिन् । गाईपालन गरेर नै लक्ष्मीले अहिले दाम सँगै गाँउ देखि जिल्ला सम्म नाम समेत कमाएकी छिन् । उनले जिल्ला पशु सेवा कार्यालय बर्दियाबाट १ लाख अनुदान पाउनुका साथै धेरै पटक तालिम र गोष्ठिमा समेत सहभागी भइसकेकी छन् । उनले अर्काको देशमा गएर पसिना बगाउनु भन्दा आफ्नै देशमा दुःख र महेनत गर्न सके आफ्नै घरमा चाहे जति आम्दानी गर्न सकिने बताइन् । उनले अहिले आफु सँगै परिवार समेत गाँईको स्याहार गर्न लागे पनि नभ्याएको बताइन् । गाउँका मान्छेलाई काम गर्न भने पनी गाँईको गोबर र घाँस कसले काट्छ भनेर काम गर्न नमानेको बताइन् । फर्ममा आफु परिवार सँगै अन्य एक दुई जना काम गर्ने मान्छे पाँए अझै धेरै गाँई पालन गर्ने सोचमा छिन । पहिले भैसी पालेकी लक्ष्मीले भैसी भन्दा गाँई पालन गर्न कम दुख र बढी आम्दानी गर्न सकिने बताइन् ।

प्रकाशित मितिः सोमवार, साउन १७, २०७३     12:28:40 PM  |