7 March 2021  |   आइतवार, फाल्गुन २३, २०७७

बबई नदि गाउँ पस्ने खतरा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, साउन १३, २०७३  

सुदीप अधिकारी
बर्दिया, १३साउन
बबई नदी गाउँ पस्ने खतरा तीब्र छ । बबई नदिमा आएको बाढीले कटान तीव्र्र पारेपछि नदी गाउँ पस्ने खतरा बढेको हो । मंगलबार परेको अविरल बर्षातपछि बबई नदिमा आएको बाढीले बर्दियाको बबई नगरपालिका ७, ८ र ९ नम्बर वडामा तीव्र्र कटान गरी बबई नदिले आफ्नो धार परिवर्तन गरेपछि गाउँ पस्ने खतरा बढेको हो । बबई सिचाई आयोजनाको पश्चिम नहरको पाँच मिटर नजिक बबई नदि पुगेको छ । उक्त नहर नजिक बबई नगरपालिका वडा नं. ८ खैलार गाउँ छ । उक्त नहर पार गरेपछि बबई नदि खैलार र बनकट्टी गाउँ भएर बग्ने देखिएको छ ।हाल उक्त स्थानमा नदि गाउँ पस्नबाट रोक्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले अस्थायी तटबन्दको प्रयास थालेका छन् । तारजाली, बोरा र स्याउलापातले नदि रोक्न स्काभेटरको प्रयोग गरिएको छ । तत्काल उक्त स्थानमा अस्थायी तटबन्ध बनाएर नदि रोक्न सके नदिलाई गाउँ पस्नबाट रोकी धनजनको क्षति न्यूनिकरण गर्ने उद्देश्यले उक्त अस्थायी तटबन्धको कामलाई तीव्र्रता दिइएको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बताए ।
उक्त स्थानमा बाढी नहरमाथिबाट बगेर गाउँ पसेपछि डुवानबाट पीडित बनेका खैलार र वनकट्टी गाउँका स्थानीय आज घर फर्केका छन् ।

प्रकाशित मितिः बिहिबार, साउन १३, २०७३     1:28:52 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *