दुई मुक्तक



– रोशन खनाल
१)
नलगाऊ भो पिरतीको टुनामुना मलाई
कि दिन्छौ पुरै कि सानो कुना मलाई
त्यो मुटुको गेटैमा राखे नि हुन्छ बरु
नसोध सानो धागो या कच्चा तुना मलाई

२)
सम्झिन्छु हरेक ती कुराहरु तिम्रो
अनि हातको रातो चुराहरु तिम्रो
कहाँ सक्छु र आफुलाई सम्हाल्न म
शब्दले हानेको ती छुराहरु तिम्रो

  • No tags available
प्रकाशित मिति : २०७३ साउन ८ गते शनिबार