17 May 2021  |   सोमवार, जेष्ठ ३, २०७८

लगातारको वर्षाले बाँके जलमग्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, साउन ८, २०७३  

कोहलपुर, साउन ८
लगातार परेको वर्षाका कारण बाँकेका विभिन्न ठाउँहरु डुबानमा परेका छन् । बाँकेको कोहलपुर, नेपालगञ्ज लगायतका क्षेत्रहरु जलमग्न भएका छन् ।
कोहलपुर १२, शान्तिटोल वर्षाका कारण कृत्रिम तलाउमा परिणत भएको छ । मानिस हिँड्ने बाटोदेखि घरभित्र समेत पानी पसेको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोलीले शुक्रबार उद्धारका साथै पानी निकास सहज बनाउन सघाएको शान्तिटोल अध्यक्ष अध्यक्ष तेजराज शर्माले बताए । पानीको उचित निकास नहुँदा शान्तिटोल वर्षेनी डुबानमा पर्दै आएको छ । डुबान भएपछि शान्तिटोलको जनजीवन प्रभावित बनेको छ । यससँगै कोहलपुर क्षेत्रका विभिन्न ठाउँहरुमा पानी जमेका छन् । अधिकांश क्षेत्रहरु जलमग्न भएका छन् । सडकहरुमा पनि पानी जम्दा आवागमनमा असहजता सिर्जना भएको छ ।
यस्तै नेपालगञ्जको सेतु विक चौक, घरबारी टोल, बेलासपुर लगायतका क्षेत्र जलमग्न हुँदा आवागनमा अहसजता पैदा भएको छ । उचित निकास नहुँदा पानीहरु नगरभित्रै जम्मा हुने गरेको छ । वर्षौदेखि डुबानको समस्या झेल्दै आएको नेपालगञ्ज यसपाली पनि अछुतो रहन सकेन ।
ढल निर्माण कार्य जारी रहेपनि हालसम्म सम्पन्न हुन नसक्दा नगर क्षेत्र डुबानमा परेको हो । चाँडै नै ढल निकासको योजना सम्पूर्ण भाग जोडिने र डुबानको समस्या कम हुने नेपालगञ्ज उप–महानगरपालिकाका कार्यकारी अधिकृत हेमराज भुषालले जानकारी दिए । यसैगरी कोहलपुर, हवल्दारपुर, वनकट्वा लगायतका क्षेत्र पनि जलमग्न भएका छन् ।

प्रकाशित मितिः शनिबार, साउन ८, २०७३     9:11:20 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *