12 September 2024  |   बिहिबार, भदौ २७, २०८१

‘प्रहरी मेरो साथी’ अभियान शुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार २८, २०७३  

कोहलपुर, असार २८
मुलुकमा शान्ति सुरक्षाको मुख्य जिम्मेवारी सम्हाल्दै आएको नेपाल प्रहरीले सोमबारदेखि ‘प्रहरी मेरो साथी’ अभियान सुरु गरेको छ । सरकारको आव २०७२÷७३ को नीति तथा कार्यक्रममा समावेश गरिएको उक्त अभियान देशभर व्यापी रुपमा नै सञ्चालनमा आएको छ ।
यसैक्रममा सोमबार कोहलपुरमा पनि एक कार्यक्रमको आयोजना गर्दै अभियानको शुरुवात गरियो ।
कार्यक्रममा प्रहरी र नागरिक बिच समन्वय बढाउदै लैजानुपर्नेमा जोड दिइएको थियो । मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरको आयोजनामा भएको कार्यक्रममा वक्ताहरुले समन्वय र सहकार्य बढाउँदै नागरिकहरुले पनि शान्ति सुरक्षा महसुस गर्ने र प्रहरीलाई पनि काम गर्न सहज हुने बताएका छन् ।
सोही अवसरमा मध्यपश्चिम ट्राफिक प्रहरी कार्यालयबाट सुरु भएको ¥याली नगरका विभिन्न भागको परिक्रममा गरी पुन कार्यालयमा पुगेर कोण सभामा परिणत भएको थियो । कार्यक्रमको बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले अभियानको शुभारम्भ गरे । प्रमुख जिल्ला अधिकारी पन्थले प्रहरी र नागरिक बिच समन्वय हुन सके अपराध न्युनिकरण हुने बताए । उनले जनतासँग सम्बन्धित कामहरु अबदेखि ‘प्रहरी मेरो साथी’ को ब्यानरमा गरिने जानकारी दिए । यस्तै नेपालगन्जमा पनि जिल्ला प्रहरी कार्यलय बाँकेको आयेजनामा अभियानको सुरुवात गरिएको थियो । धम्बोजि चोकबाट ¥याली सुरु भई बिपि चोकमा पुगेर पुन धम्बोजिमा आएर कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा बिद्यार्थी, प्रहरी, व्यवसायी लगायतको सहभागिता रहेको थियो । नेपाल प्रहरीका नागरिक समुदाय केन्द्रित सबै कार्यक्रम तथा क्रियाकलाप ‘प्रहरी मेरो साथी’को अवधारणामा समेटिनेछ । देशभरका विद्यालय तथा समुदायमा सामुदायिक सम्पर्कको माध्यमबाट प्रहरीलाई नागरिकमैत्री बनाई अपराध, दुर्घटना र सामाजिक विकृतिलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्नु अभियानको मुख्य उद्देश्य हो ।
समाजमा ‘प्रहरी मेरो साथी’ हो भन्ने भावना र सम्बन्धको विकास गरेर प्रहरी सङ्गठनको छविलाई गरिमामय तुल्याउनु अभियानको लक्ष्य रहेको छ ।

प्रकाशित मितिः मङ्लबार, असार २८, २०७३     2:06:37 PM  |