कोहलपुर, असार २७
नेपालगञ्जस्थित बागेश्वरी मन्दिरको श्रीसम्पत्ति दुरुस्त राख्न पुनरावेदन अदालत नेपालगन्जले आदेश गरेको छ । २०७१ चैत्र २७ गते अधिवक्ता लोकबहादुर शाह र बलबहादुर चन्दले दायर गरेको निवेदन उपर सुनुवाई गर्दै पुनरावेदन अदालत नेपालगन्जले मन्दिरको श्रीसम्पत्ति दुरुस्त राख्न आदेश दिएको हो ।
अधिवक्ता शाह र चन्दले बागेश्वरी मन्दिरको अवस्था बारे चिन्ता गर्दै दायर गरेको निवेदन उपर सुनुवाई गर्दै पुनरावेदन अदालत नेपालगन्जका न्यायाधीश यज्ञ प्रसाद वस्याल र वीर बहादुर डा“गीले मन्दिरको श्रीसम्पत्ति दुरुस्त राख्न फैसला गरेका हुन् ।
मन्दिरको पूर्व तर्फ तलाउमा रहेको अवस्था प्रति चिन्ता व्यक्त गर्दै त्यसको पुनर्निर्माण, जिर्णोद्वार गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराएको छ । प्रशिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा सर्वसुलभ सार्वजनिक शौचालय तत्काल व्यवस्था गर्न आदेश गरेको अदालतले मन्दिरमा भक्तजनहरुले चढाउने गरेको दान, दक्षिणा र विशेष पूजा वापत प्राप्त हुने चल, अचल सम्पत्तिलाई व्यवस्थित र एकिकृत गरी मन्दिरको हितमा प्रयोग गर्न गराउन आदेश गरेको छ । निवेदन अधिवक्ता बलबहादुर चन्दले बा“केका लागि मात्रै नभएर देशकै लागि अत्यन्त महत्वपूर्ण आदेश भएको बताए । अदालतले बा“केका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मालपोत कार्यालय बा“केका अधिकृत र बागेश्वरी मन्दिर व्यवस्थापन समितिका प्रतिनिधि सम्मिलित तीन सदस्यीय समिति गठन गर्न आदेश समेत गरेको छ । आदेशमा मन्दिरको श्रीसम्पत्ति तत्काल सार्वजनिक गर्न जोड दिँदै ६÷६ महिनामा विभिन्न सम्पत्तिको विवरण, आय व्ययको समेत जानकारी लिएर आवश्यक समन्वय गर्न तीन सदस्यीय अनुगमन समिति बनाउन निर्देशन दिइएको हो ।
वरिष्ठ अधिवक्ता भोला सिंह हमाल, अधिवक्ता टिका जंग सिंह, प्रल्हाद कार्की, कृष्ण जैसी, केवल सिंह थारु दिपक सिंह, मालपोत र जिल्ला प्रशासनको तर्फबाट सरकारी वकिल हरिप्रसाद जोशी र मन्दिर व्यवस्थापन समितिको तर्फबाट अधिवक्ता शिव कुमार श्रेष्ठ, झविन्द्र पौडेल, विक्रम भण्डारी लगायतले बहस गरेका थिए । निवेदन अधिवक्ता चन्दले अदालतको आदेश कार्यान्वयन गराउन सम्पूर्ण नगरबासीको साथसाथै जिम्मेवार निकायहरु पनि लाग्नुपर्ने बताए । अदालतले गुठी, संस्थान केन्द्रीय कार्यालयमा आदेशको प्रतिलिपि पठाउन निर्देशन दिँदै आवश्यक अनुगमन र समन्वय गरी व्यवस्थापन गर्नु गराउन बागेश्वरी मन्दिर र राज गुठीका लागि निर्देशन गरेको छ । आदेशपछि प्रसिद्ध शक्तिपिठ बागेश्वरीको आम्दानी र सम्पत्तिको सही सदुपयोग हुने विश्वास गरिएको छ । अदालतले दिएको आदेश यथाशिघ्र कार्यान्वयन गर्दै सम्बन्धित निकायले मन्दिरको अनियमिता र श्रीसम्पती छानबिन गरेर दोषिलाई कारबाही गर्न जरुरी रहेको स्थानीय बताउँछन् ।
मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, असार २७, २०७३