कोहलपुर, असार २६
२०३ औं भानु जयन्तीको अवसरमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले वरिष्ठ कवि तथा निबन्धकार भिष्म उप्रेतीलाई तुलसीराम स्मृति पुरस्कारबाट सम्मान गर्ने भएको छ ।
तुलसीराम ढकालको सम्झनामा २०६२ सालमा स्थापना भई प्रत्येक वर्ष प्रदान गरिने रु २१०१।–(दुई हजार एक सय एक) राशी रहेको यो पुरस्कार २०७२ का लागि लामो समयदेखि भाषा साहित्यमा योगदान दिए वापत उप्रेतीलाई प्रदान गर्न थालिएको हो । हालसम्म यस पुरस्कारबाट पुष्प अधिकारी अञ्जली (चितवन), पद्मराज जोशी (कैलाली), राजेन्द्र प्रसाद धिताल (बर्दिया), प्रा.डा. गोपाल प्रसाद शर्मा अधिकारी (बाँके), सृजन लम्साल (बाँके), डा. दिपक गौतम (सुर्खेत) र टिकाराम उदासी (दाङ) सम्मानित भैसकेका छन् । लामो समयदेखि साहित्यमा क्रियाशिल हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले सोही अवसरमा नगरपालिकाको आर्थिक सहयोग र बागेश्वरी साहित्य परिषद्को समन्वयमा एक दिने कथा लेखन सिप विकास प्रशिक्षण समेत संचालन गर्ने कुरा संस्थाका अध्यक्ष महानन्द ढकालले बताएका छन् ।
प्रकाशित मिति : २०७३ असार २६ गते आइतबार









प्रतिक्रिया दिनुहोस्