20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

फिर्ता

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, असार २५, २०७३  

– इन्द्रबहादुर भाण्डारी‘इन्दे्रणी’
शहरमा दिनभरिको कामको मेलो सकेर साँझपख बासको व्यवस्था गर्न होटेलको खोजी गर्दै चक्कर लगाउन थालेँ । आफू सुहाउँदो होटेल नभेट्टाए पनि एउटा होटेलभित्र प्रवेश गरेँ । तुरुन्तै एउटा युवक मेरो अगाडि आईपुग्यो र प्रश्नवाचक दृष्टिले मलाई हे¥यो । उसको आशयलाई बुझेर मैले सोधिहालेँ । ‘यहाँ बास पाइन्छ ?’ उसले तुरुन्तै उत्तर दियो, ‘पाइन्छ, बस्दै गर्नुस्’ भन्दै ऊ भित्रतिर प्रवेश ग¥यो । होटेलमा खानका अतिरिक्त मदिरा पनि चल्दो रहेछ । मेरो झोला कुर्चीको एकातर्फी राखेर म पनि कुर्चीमा बसेँ । केही बेरपछि एउटी महिला देखापरिन् र सोधिन् , ‘यहाँलाई सिङ्गल बेडको कोठा चाहियो कि डबल बेडको ?’ मैले उनलाई हेर्दै तत्काल उत्तर दिएँ ‘म एकजना मात्रै हो, त्यसैले सिङ्गल बेडको कोठा भए भईहाल्छ ।’ उनले तत्कालै कोठाको चाबी झिकेर हातमा राखिन् र भित्रीकोठाको घण्टी थिचिन् । केही बेरमै एउटी युवती देखा परिन् । ती युवतीतिर मेरा आँखा फर्किए । उनी एक्कासी झसङ्ग भइन् र आश्चर्य मिश्रित अनुहारले मलाई हेरिन् । मलाई पनि उनलाई कताकता देखेजस्तो लाग्यो । तर मैले ठम्याउन सकिन् । ती युवतीलाई होटेलवाली महिलाले चाबी दिँदै भनिन्, ‘लौ, उहाँलाई कोठा नं.४२० मा पु¥याइदेऊ ।’ ती महिलाले मतिर हेर्दै भनिन्, ‘ल, कोठामा जानुस् खाना खाने बेला भयो भने बोलौँला ।’ म ती युवतीको पछि लागेँ । ती युवती होटेलको सिँडी चढ्दै गइन् । एकतल्ला चढेपछि उनले पछि फर्केर मलाई हेरिन् । उनी आफ्नो परिचित मान्छेलाई एक्कासी भेट्टाउँदा उत्पन्न हुने खुसीलाई व्यक्त गरेको जस्तो भावमा मलाई हेरिरहेकी थिइन् । उनको त्यो मुस्कान र सुन्दर रुप देखेर मेरो अन्तरात्मामा तरङ्ग उत्पन्न भयो । म मा पनि अनायासै हाँसो उत्पन्न भयो र हाँसोको उत्तर फर्काएको जस्तो परिस्थिति सिर्जना भयो । उनी मसँग बोल्न चाहन्थिन् । उनका आँेठहरु त्यसै त्यसै लर्बराईरहेका थिए । उनी तत्कालै अर्को तल्लाको सिँढी चढ्दै गइन् । म आश्चर्य प्रकट गर्दै उनको पछि पछि सिँढी चढ्दै गएँ । तेस्रो तल्लामा पुगेपछि उनले पुन ः अर्को पटक मतिर फर्केर मुस्कान छर्दै कोठाको चाबी खोल्न थालिन् । ढोका खोलेर उनी कोठाभित्र प्रवेश गरिन् र बिस्तरा मिलाउन थालिन् । म ढोकामै उभिएर उनी बाहिर निस्कने कार्यको प्रतीक्षा गरिरहेको थिएँ । उनले मधुरो स्वरमा ‘भित्रै आउनुस् न सर’ भनिन् । म कोठाभित्र प्रवेश गरेर सानो टेबुलमा झोला फ्याँके । उनले पानीको भाँडो समातेर ढोकातिर अगाडि बढिन् र ढोकाको समात्नेमा हात राखेर मतिर हेर्दै उही पहिलेकै मुस्कान छाडिन् ।
अनायासै मैले पनि उनको मुस्कानको उत्तर फर्काईदिएँ । उनले बिस्तारै ढोका तानेर त्यहाँबाट लोप भइन् । मेरा आँखा ढप्काईएको ढोकामै झण्डिईरहे । मेरो मनले उनको सुन्दरता र मुस्कानको सम्झना गर्न थाल्यो । मनले एकप्रकारको आनन्द महसुश ग¥यो । तर तत्कालै त्यो अनुहार परिचित जस्तो लागेकोमा उनलाई चिन्न पनि मन सक्रिय हुन थाल्यो । मैले सम्झदै गएँ तर मेरो पूर्व स्मृतिमा उनलाई कहीँ भेट्टाउन सकिन । मेरो मनले आफैलाई प्रश्न गर्न थाल्यो, ‘किन तिनी मलाई देख्ने बित्तिकै आश्चर्यमा परिन् ? किन उनले मलाई हेरेर हाँसिन ?’ एक मनले त भन्यो, ‘होटेलमा बस्ने केटीहरु ग्राहक फकाउन यस्तै व्यवहार गर्छन् ।’ तर मनले यो कुरालाई बिश्वास गर्न सकेन । मेरो मन सोचाईमा मग्न थियो यत्तिकैमा पुनः ढोकामा ढकढकको आवाज सुनियो । मेरो सोचाई झङ्ग भयो र तत्कालै आँखाहरु ढोकामै चप्किए र मुखबाट ‘एस’ को आवाज निस्कियो । तत्कालै डोका खुल्यो । उही पहिलेकै सुन्दर र हँसियो मुहार । मन तरङ्गीत भयो । उनको हातमा पानीको भाँडो थियो । उनले त्यो भाँडोलाई टेबुलमा राखेर मतिर फर्किन् । उनका आँेठहरु केही भन्न लर्बराईरहेका थिए । मेरा आँखाहरुले उनको सुन्दरतालाई पिईरहेका थिए । तर उनी केही नबोली बिस्तारै पहिलेकै जस्तो गतिमा ढोका तान्दै त्यहाँबाट ओझेल परिन् । मेरा आँखाहरुले अबरोधी ढोकालाई ईष्र्यालु दृष्टिले हेरिरहेँ । मेरो मन त्यसैत्यसै छट्पटाउन थाल्यो । मेरो मन एकपल पनि कोठाभित्र बस्न धैर्य गर्न नसक्ने अवस्थामा पुग्यो । मलाई लाग्यो ती केटी ढोका बाहिर उभिएकी छिन् । मेरो प्रतीक्षामा उनले त्यही ढप्पिकएको ढोकालाई हेरिरहेकी छिन् । म खाटबाट बिस्तारै उठेर ढोकातिर अगाडि बढेँ । ढोकामा कुनै प्वाल थिएन । बाहिर चियाउने मेरो अभिलाषा पूरा हुन सकेन । ढोकालाई समातेर बिस्तारै भित्रतिर तान्दै
थोरै थोरै बाहिरतिर हेरेँ तर त्यहाँ केही थिएन । बाहिर निस्किएर आवाज सुन्दा तलबाट मान्छेहरुको आवाज आईरहेको थियो । खाना खाने बेला भएछ भन्ने कुरा पत्ता लाग्यो । सिँढीमा छिटो छिटो पाइला चाल्दै कोही माथितिरै आईरहेको आवाज सुनियो । म तत्कालै कोठाभित्र प्रवेश गरेर ढोका ढप्काएँ । त्यो आवाज मेरो कोठाको नजिकै आएर रोकियो र ढोकामा बिस्तारै दुई पटक टकटक हिर्काउँदै महिला स्वरमा, ‘खाना खाने बेला भयो आउनुहोस् सर’ भन्दै आवाज बिलिन हुँदै गयो । ‘सर’ भन्ने शब्दले मलाई झसङ्ग बनायो । ‘हो म त सर हुँ, अर्थात् शिक्षक । तर यहाँ मलाई कसले चिन्छ र ? फेरि हिजोआज अपरिचित लोग्नेमान्छेलाई ‘सर’ नै भन्ने गर्छन ।’ म बिस्तारै उठेर खाना खाने स्थलतिर झरेँ । होटेलमा मान्छे पातलिईसकेका थिए । हात धोएर खान बसेपछि उही पहिलेकै हँसिलो अनुहारकी युवतीले एक हातमा भातको थाल र अर्को हातमा कटौरा समातेर मेरो अगाडि ल्याएर राखिन् र तत्कालै उनी भान्सातिर प्रवेश गरिन् । होटेलवाला पुरुषले टेलिभिजनको रिमोट चलाईरहेको थियो । महिलाको ध्यान हिसाव गर्न क्याल्कुलेटरतिर थियो । केही बेरमै ती युवतीले अर्को कटौरा भरी मासु ल्याएर मेरो अगाडि राखिन् । मलाई अचम्म लाग्यो । मैले मासु मागेको पनि थिइन् । उनी त्यहाँबाट तत्कालैँ भान्सातिर लागिन् । हिसाब गरिरहेकी महिलाले टाउको उठाउँदै मतिर फर्केर भनिन्, ‘सरले अरुकेही नास्ता गर्नु हुन्थ्यो कि ? सोधिएन ।’ मैले उनको कुराको तत्कालै उत्तर दिदै भने, ‘ठिकै गर्नुभयो, मैले अरु नास्ता गर्न छाडिसकेको छु ।’ उनी पुनः आफ्नो काममा लागिन् । होटेलवाल पुरुषले टिभीतिर हेर्दै भन्यो, ‘सरलाई केके चाहिन्छ हेर है !’ त्यो आवाज भान्सासम्म पुग्न नपाउँदै थप्ने खान्की लिएर तिनै युवती आइपुगिन् र मेरो खाली थाल र कटौरा भर्न थालिन् । मैले अढ्कलेर आफूलाई खान्की पुगेको हातले सङ्केत गरिदिएँ । खाना खाँदै मेरो मनले एउटा बोझ हल्का ग¥यो । कि सर त सबैले सबैलाई भन्दा रहेछन् भन्ने । भान्सा गरेर म कोठा नं.४२० तिर उकालो लागेँ । होटेल सुनसान भईसकेको थियो । होटेलका प्रायः सबै कोठाहरुमा मान्छेहरु भरिएका थिए । दिनभरिको यात्राले शरीर थाकेको थियो । अनि भातको नसा पनि छुट्टै हुन्छ । ढोका बन्द गरेर बिस्तरामा पल्टिएँ । पटक पटक ती युवतीको अनुहार आँखा अगाडि झुल्किदै हराउँदै गर्न थाल्यो ।  कति बेला निदाएँ थाहा भएन । केले हो निद्रा पातलियो, चेतना सक्रिय भयो । मन ढोकातिर दौडियो । ढोकामा बिस्तारै टकटकको आवाज आईरहेको थियो । साँझको भ्रम हो कि ? मनले केहीबेर बिचार ग¥यो । केहीबेर पछि पुनः ढोकामा टकटकको आवाज आयो । म तत्कालै उठेर ढोकाको चुक्कल खोलिदिएँ । अँध्यारोमा महिला रुपाकृति तिनै युवती मेरो अगाडि उभिएकी थिइन् । सपना जस्तो लाग्यो । ती युवती तत्कालै कोठाभित्र पसेर ढोकोको चुक्कल लगाइन् मेरो मन झन् झसङ्ग भयो । उनी तत्कालै मेरो खुट्टामा घोप्टिएर रुन थालिन् । म झन अचम्ममा परेँ र उनलाई उठाँउदै भने, ‘किन नानी यसरी रुन थालेको ? तिमी को हौ ? तिम्रो घर कहाँ हो ?’ उनले आँसु पुच्दै मलिन स्वरमा भन्न थालिन्, ‘सर ! मलाई चिन्नुभएन ? म तपाइँको विद्यार्थी चन्द्रा हुँ । मेरो घर पनि तपाईकै गाउँमा हो । म एउटा केटासँग प्रेम गर्थे उसको बारेमा मैले सबैकुरा थाहा पाएकी थिइन । हामी बिहे गर्न भनी घरबाट भागेर यही होटेलमा आयौँ । सोही दिन उसलाई सुरक्षाकर्मी आई चेलीबेटी बेचबिखनको अपराधमा पक्राऊ गरेर लगे । तर मलाई यही होटेलवालाले आफ्नो मान्छे भनी जोगाएर यही राख्यो । त्यो केटाले यहाँ धेरै रिन लगाएको रहेछ । मसँग त्यो रिन तिर्ने पैसा पनि थिएन र यहाँ बसेर खाएको तिर्ने पैसा पनि थिएन । सहयोग गर्ने मान्छे पनि कोही आएनन् । घरतिर सम्पर्क गर्न पनि सकिन । होटेलवालाले मलाई खाएको बसेको पैसा माग्दै यहाँबाट बाहिर निस्कन नदिई काममा लगाएको छ । कहिलेकाँही गलत काम गराउने कोशिष पनि हुन्छ । त्यसैले मलाई यहाँबाट मुक्त गराउनुहोस् ।’ उनको कुरा सुनेर म झसङ्ग भएँ । उनको उद्दार गर्नु मेरो प्रथम दायित्व बन्न पुग्यो । सही तरिकाले यो समस्या समाधान हुन्छजस्तो मलाई लागेन । उनले होटेलबाट भाग्ने बाटो पत्ता लगाएकी रहिछिन् । रातको दुईबजे हामीहरु होटेलबाट निस्किएर बसपार्कसम्म आइपुग्यौँ । बसपार्कमा बस लागिरहेको थियो । बस हिडेपछि हामीले सन्तोषको लामो सास फेर्दै सुरक्षित गत्तव्य तय भएको महशुष गरिरहेका थियाँै ।

प्रकाशित मितिः शनिबार, असार २५, २०७३     12:16:30 PM  |