22 September 2023  |   शुक्रबार, अशोज ५, २०८०

मिसन द्धारा सूचना माग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार १०, २०७३  

कोहलपुर, असार १०
मिसन टुडे दैनिकले कोहलपुर नगरपालिकासँग बिहीबार सूचना माग गरेको छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ दफा ३ बमोजिम सूचना माग गरिएको दैनिकका प्रधान सम्पादक बिनोद पौडेल जानकारी दिए ।
निवेदनमा लक्षित वर्गको बजेट कहाँ कसरी खर्च भईरहेको छ ? सम्पूर्ण विवरण सहित मिसन टुडे दैनिकले मागेको छ । त्यस्तै हरित नगर अन्तर्गतको बजेट के कस्तो अवस्थामा छ ?, लोक सेवा आयोग तयारी के कसरी सम्पन्न हुँदैछ ? र बजेट के कति छ ? लगायतका विवरण माग गरिएको छ । त्यस्तै कर्मचारी विवरण कुन कुन तहमा कति–कति छन् ? दरबन्दी अस्थायी, करार र दैनिक ज्यालादारी, योजनाका रकम कहाँ कति खर्च भईरहेका छन् ? पेश्की रकम कति र क–कसले लिएका छन् ?, फोहोर व्यवस्थापनका विषय के भइरहेको छ ? लगायत सूचना माग गरिएको हो । यसैबीच कोहलपुर नगरपालिकाका कार्यकारी अधिकृत माधव प्रसाद शर्माले एक हप्ता भित्रै सम्पूर्ण विवरण उपलब्ध गराउने बताएका छन् ।

प्रकाशित मितिः शुक्रबार, असार १०, २०७३     8:25:13 AM  |