19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

ग्रामीण पर्यटनलाई जोड दिनुपर्ने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, असार २, २०७३  

कोहलपुर, असार २
मुलुकको पर्यटन विकासका लागि ग्रामीण पर्यटनमा जोड दिनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । बुधबार गाभर भ्याली होमस्टेमा भएको ग्रामीण पर्यटन सम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सो कुरामा जोड दिएका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा भएको अन्तरक्रियामा चिसापानी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति अध्यक्ष भीम केसीले ग्रामीण पर्यटनले नै मुलुकको पर्यटन विकासको आधार भएको  बताए । बाँकेको पर्यटकीय स्थलको रुपमा रहेको गाभर भ्याली ग्रामीण पर्यटनको एउटा उदाहरण भएको बताउँदै राज्यले ग्रामीण पर्यटनलाई प्रवद्र्धन गर्न ठूलो भूमिका खेलिरहेको उल्लेख गरे । कार्यक्रममा पर्यटन मन्त्रालयका उपपसचिव सविनराज ढकालले राज्यले ग्रामीण क्षेत्रको पर्यटनको विकासका लागि राज्यले पहल थालेको बताए । उनले स्थानीय पर्यटन व्यवसायीको राय, सल्लाह, पृष्ठपोषण लिनका लागि अन्तरक्रिया गरेको जानकारी दिए ।
अन्तरक्रियामा नयाँ गाउँ होमस्टे, गाभर भ्याली होमस्टे र बर्दिया डल्लागाउँ होमस्टेका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा कोहलपुर उद्योग व्यापार संघ अध्यक्ष नरेन्द्र शर्मा, होमस्टे एशोसियसन केन्द्रीय उपाध्यक्ष परशुराम चौधरी, चिसापानी पर्यटन प्रवद्र्धन कार्यालय प्रमुख दीपक बुढा लगायतको उपस्थिति रहेको
थियो ।

प्रकाशित मितिः बिहिबार, असार २, २०७३     12:05:37 PM  |