27 April 2024  |   शनिबार, बैशाख १५, २०८१

११ जुुवाडे प्रहरी द्धारा पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार १, २०७३  

कोहलपुर, असार १
बाँके प्रहरीले ११ जना जुवाडेलाई खालबाटै पक्राउ गरेको छ । उनीहरुका साथबाट प्रहरीले ५ गड्डी ताससहित १ लाख २३ हजार ७ सय ७० रुपैँया पनि बरामद गरेको छ । बिशेष सूचनाका आधारमा गएको प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ बाट उनीहरुलाई पक्राउ गरेको इमेलमार्फत जानकारी दिएको छ ।
घटना स्थल जिल्ला प्रहरी कार्यालय देखि ३ किलोमिटर पूर्ब रहेको छ । पक्राउमाथि अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । यसैबीच बाँके प्रहरीले लुकाई छिपाई राखेको अवस्थामा अवैध जडिबुटी नियन्त्रणमा लिएको छ । क्षेत्रीय अनुसन्धान समूह र बाँके प्रहरीबाट गएको संयुक्त प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ एकलैनी बस्ने सलिम खाँनले लुकाई छिपाई राखेको झ्याउन ४५ बोरा र जिवन्ती १० बोरा बराबद गरेको छ । उक्त जडिबुटी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २३ ईन्द्रपुर बस्नेत शेर बहादुर थापाको जयमा काली चामल उद्योगमा लुकाई राखेको अबस्थामा प्रहरीले बरामद गरेको जनाएको छ ।

प्रकाशित मितिः बुधबार, असार १, २०७३     7:31:09 PM  |