20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

बुच्चापुरमा वृक्षारोपण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ ३१, २०७३  

कोहलपुर, जेठ ३१
ढकेरी मध्यवर्ती उपभोक्ता समिति अन्तरगत बुच्चापुर पोष्टमा आइतबार वृक्षारोपण गरिएको  छ । बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको आयोजनामा वृक्षारोपण गरिएको हो । संरक्षणमा टेवा पु¥याउने उद्देश्यले वृक्षारोपण गरिएको मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष सावित्रा पुनले जानकारी दिइन् । उनले मध्यवर्ती क्षेत्रले आम्दानी गरेको ३० देखि ५० प्रतिशत रकमको कार्यक्रम अन्तरगत बुच्चापुर पोष्टमा तारबार तथा वृक्षारोपण गरिएको बताइन् ।  बाँके राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले बुच्चापुर पोष्ट निकुञ्जको पोष्ट भएको र यसको संरक्षण नभएपछि तारबार तथा वृक्षरोपण गरिएको बताए । उनले कर्मचारीलाई आकर्षण गर्नका लागि नै पूर्वाधार निर्माण गरी वृक्षारोपण गरिएको  बताए ।

7
बुच्चापुर पोष्टमा कोइराला, इपिलिपि, बकाईनो, खयर लगायतका १५ सय विरुवा रोपिएको छ । ढकेरी मध्यवर्ती उपभोक्ता समिति अध्यक्ष शिवकुमार रानाको सभापतित्वमा भएको वृक्षारोपण कार्यक्रम विभिन्न मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका प्रतिनिधि, समुदायमा आधारित चोरी शिकारी नियन्त्रण उपसमितिका युवाहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन निकुञ्जका कार्यक्रम अधिकृत बिनोद श्रेष्ठले गरेका थिए ।

प्रकाशित मितिः सोमवार, जेष्ठ ३१, २०७३     12:57:35 PM  |