25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

बाँकेको एनसेलन टावरमा आगजानी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ ३०, २०७३  

कोहलपुर, जेठ ३०
बाँकेको शम्शेरगञ्जमा रहेको एनसेलनको टावरमा आगजानी गरिएको छ । राज्यलाई तिर्नुपर्ने कर नतिरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले बाँकेको शम्शेरगन्जमा रहेको एनसेलको टावरमा आगजनी गरेको छ । शम्शेरगन्ज ७ हवलदारपुरमा रहेको टावरमा भएको आगजनी कारण टावर बक्स, अप्टीकल केबल लगायतमा क्षति पुगेको छ । नेकपा माओवादी बाँकेका सेक्रेटरी अशोक पोख्रेलले पार्टीको केन्द्रिय कार्यक्रम अनुसार टावरमा आगजनी गरिएको जानकारी दिनुभयो । बाँकेका प्रहरी प्रमुख एसपी टेक प्रसाद राईले राती दुई तिन बजेको समयमा अज्ञात समुहले आगजनी गरेको बताउनुभयो । आगजनी कसले गरेको हो भन्ने बारे अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मितिः आइतवार, जेष्ठ ३०, २०७३     12:39:14 PM  |