कोहलपुर, जेठ २६
पुर्वलागुऔषधकर्ताहरुलाई सीप मुलक तालिमको खाँचो रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
पुर्वलागुऔषधकर्ताहरुलाई आत्मनिर्भर बनाउन तथा उनिहरुको क्षमता अभिबृद्धि गर्नको लागि सिप मुलक तालिमको खाँचो रहेको कुरामा उनिहरुले जोड दिएका हुन् ।
चेन्ज टिमको आयोजनामा भएको कार्यक्रममा पुर्व लागुऔषधकर्तालाई सुधारउत्मुख बनाउन उनिहरुलाई गृहमन्त्रालयको सहयोगमा मेथाडोन नामक औषधी निशुल्क प्रदान गर्दै आएको छ ।
अहिले बाँकेमा ८० जनाले दैनिक मेथाडोन प्रयोग गर्दै आइरहेको चेन्ज टिमका कार्यक्रम संयोजक नयन रावलले बताए । मेथाडोन प्रयोग गरिरहेका प्रयोगकर्ताहरुको अधिकांशको नाजुक स्थिती कमजोर भएका कारण उनिहरुको भविश्य सुधारका लागि स्वरोजगारमुलक तालिमको आवश्यकता रहेको कार्यक्रम संयोजक रावलले
बताए । अन्जय केसी पहिले १ सय ८० एमएल मेथाडोन प्रयोग गर्दै आएपनि केही समयपछि ५ एमएलमा झरेको आयोजकले जनाएको छ । मेथाडोनले लागुऔषध प्रयोगकर्ताको लागि धेरै सुधार गरिरहेको संयोजक रावलले बताए ।
लागुऔषध कम निर्मुल पार्नको लागि गृहमन्त्रालयले मौखिक पद्धति अन्तरगत विप्रोन नर्विन ट्यावलेट पनि संचालन गर्ने भएको छ । मिसियुज नहोस भन्नको लागि उक्त विप्रोन नर्विनलाई धुलो बनाएर प्रयोग गर्न दिईने जनाएको छ । मेथाडोन प्रयोग गरिसकेपछि लागुऔषधको जरुरत नरहेको हुनाले यसको प्रयोगकर्ताहरु बढिरहेको पुर्व–लागुऔषधकर्ताहरुले बताएका
छन् ।
बाँकेमा अहिले ८०÷८१ जनाले नियमित सेवन गर्दै आइरहेका छन् । मेथाडोन प्रयोग गर्दै आएका मध्ये ५ जनाले पुर्णरुपले सुधारोन्मुख भई सकेका छन् ।
प्रकाशित मिति : २०७३ जेठ २६ गते बुधबार
प्रतिक्रिया दिनुहोस्