कोहलपुर, जेठ १४
मुक्त कमैयाहरुले आफूहरुको पुर्नस्थापनाका लागि काठको सट्टा प्रति परिवार एक लाख रुपैयाँ दिने ९ महिना अघिको सरकारी निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका मुक्त कमैयाले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगेर भेटी पुनःस्थापनाका लागि दिने भनिएको रकम तत्काल निकासा गर्न ध्यानाकर्षण गराएका हुन् । सरकारले गत वर्षको भदौ १४ गते मुक्त कमैयाहरुको पुनःस्थापनाका लागि ३५ क्यु फुट काठको सट्टा प्रतिपरिवार एक लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको थियो । सरकारले घर निर्माण खर्चवापत् थप ५५ हजार रुपैयाँ दिने निर्णय पनि गरेको थियो । उक्त निर्णय अनुसार सरकारले मुक्त कमैयाहरुलाई अनुदान दिन चालू आर्थिक वर्षको बजेटमा ४० करोड रुपैयाँ विनियोजन गरेको थियो ।
प्रकाशित मिति : २०७३ जेठ १४ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्