धम्बोझी साक्षर घोषणा



कोहलपुर, जेठ १४
नेपालगन्ज उप–महानगरपालिका वडा नं. १ धम्बोझीलाई बिहीबार साक्षर वडा घोषणा गरिएको छ ।
नेपालगन्ज उप–महानगरपालिका, जिल्ला शिक्षा कार्यालय र नेपालगन्ज साक्षर अभियान केन्द्रको सयुक्त आयोजनामा धम्बोझीलाई वडा साक्षर घोषणा गरिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले दिप प्रज्वलन तथा व्यानर पढेर साक्षर वडा घोषणा गरे । नेपालगन्ज उप–महानगरपालिका वडा नं. १ धम्बोझीको २०६८ सालको जनगणना अनुसार कुल जनसंख्या ८ हजार १ सय २० मध्ये महिला ४ हजार ३२ र पुरुष ४ हजार ८८ जना रहेको वडा सचिव मख्खन गिरीले जानकारी गराए । सामुदायिक अध्ययन केन्द्रबाट यसै बर्ष सर्वे गरे अनुसार ४ हजार ५७ महिला र ४ हजार १ सय ८८ पुरुष गरि कुल ८ हजार २ सय ४५ जनसंख्या रहेको तथ्याङक उल्लेख गरिएको वडा सचिव गिरीले  बताए । अनौपचारिक साक्षरता अभियान निर्देशिका अनुसार ९७ दशमलब ९१ प्रतिशत जनता साक्षर रहेको वडामा २ दशमलब ९ प्रतिशत जनतालाई साक्षर गर्न बाँकी रहेको जनाइएको छ ।  साक्षर वडा घोषणा कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, नगरिक समाज, वडा नगरिक मन्च, पत्रकार बुद्धिजिवी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७३ जेठ १४ गते शुक्रबार