20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

शिक्षकको अभावमा बहिरालाई अध्ययनमा समस्या

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ १०, २०७३  

कोहलपुर, जेठ १०
बिषयगत शिक्षकको अभावका कारण अध्ययनमा समस्या भैरहेको बाँकेका बहिरा विद्यार्थीहरुले गुनासो गरेका छन् । बाँकेका बहिरा विद्यार्थीहरुले विद्यालयमा अध्ययनका लागि गएपनि आफ्नो भाषा नै नबुझ्ने शिक्षक हुँदा आफुहरु समस्यामा पर्नेै गरेको गुनासो गरेका हुन् ।
रेरी बाँकेले नेपालगन्जमा आयोजना गरेको बहिरा बालबालीकाहरुका लागि समाहित शिक्षा प्रवद्र्धन कार्यक्रमको जिल्ला स्तरीय समन्वयात्मक बैठकमा सहभागी भएका बहिरा बालबालीका तथा विद्यार्थीहरुले संविधानले बहिरा विद्यार्थीहरुलाई निःशुल्क शिक्षाको ब्यवस्था गरेपनि कतिपए बिद्यालयहरुमा बहिरा विद्यार्थीहरुलाइ शुल्क लिने गरेको गुनासो गरेका छन् । उनिहरुले बिद्यालयमा बहिरा विद्यार्थीहरुका लागि सांकेतिक भाषाको ज्ञान भएका शिक्षकहरुको ब्यवस्था गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै रेरी बाँकेका अध्यक्ष पुनित बिक्रम शाहले बहिरा बालबालीकाहरुलाई निःशुल्क र गुणस्तरीय शिक्षाका लागि सबैको सहकार्यको आवश्यकता रहेको बताए । उनले बाँकेको चिसापानीमा प्रावि र उच्च माविका गरि ४५ जना बहिरा विद्यार्थीहरु अध्यनरत रहेको बताउँदै विद्यार्थीहरु भएपनि बहिरा विद्यार्थीहरुलाइ अध्यापन गराउने बिषयगत शिक्षकको अभाबका कारण बहिरा विद्यार्थीहरु अध्ययन प्रति सकृय नभएको बताए । शाहले अझै पनि थुप्रै बहिरा बालबालीकाहरु विद्यालय बाहीर रहेकोले बहिरा बालबालीकाहरुलाइ बिद्यालय भर्ना गराउनका लागि सरकारी अभियान जारी राख्नुपर्ने सुझाब दिए । कार्यक्रममा बोल्दै महिला तथा बालबालीका कार्यालय बाँकेकी प्रमुख प्रभा श्रैष्ठले महिला तथा बालबालीका कार्यालयले सबै बहिरा बालबालीकालाइ सहयोग गर्न नसकेपनि बहिरा बालीकाहरुका लागि आफुहरुले सहयोग गर्न सकिने बताइन् ।
कार्यक्रममा सहभागीहरुले बहिरा बालबालीकाहरुका लागि राज्यको स्पष्ट नितीको आवश्यकता रहेको बताएका थिए । कार्यक्रममा जिल्ला शिक्षा कार्यालय बाँकेका निमित्त जिल्ला शिक्षा अधिकारी गोरख बहादुर थापा, नेपाल पत्रकार महासंघ बाँकेका कार्यबाहक अध्यक्ष तिलक गाउँले, सुर्योदय उच्च माबी चिसापानीकी शिक्षिका सुमित्रा न्यौपाने, बहिरा महासंघका केन्द्रिय महासचिव केपी अधिकारी लगाएतले धारणा राखेका थिए ।

प्रकाशित मितिः सोमवार, जेष्ठ १०, २०७३     4:14:35 PM  |