एनी लामा भइन् मिस पिंक



 Miss-pink11काठमाडौं । समलिंगी तेस्रोलिंगी घृणा विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित ‘मिस पिंक २०१६’ को उपाधि एनी लामाले जितेकी छिन् ।

राष्ट्रिय नाचघर जमलमा मंगलवार साँझ सम्पन्न कार्यक्रममा आकंक्षा तिमल्सेना फष्ट रनरअप र पल्लबी शर्मा सेकेण्ड रनर अप भए । बिजेतालाई नगद पुरस्कारसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

१८ जना तेस्रोलिंगी महिला सहभागी प्रतियोगितामा निलम पौडेलले वेष्ट पर्सनालिटी, रेग बिकले वेष्टवाक, इशा नेपाल वेष्ट डे्रस र मुस्कान केसीले कन्जिनियालिटीको उपाधी पाईन् ।

नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङलले यस्ता कार्यक्रमले यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका सदस्यलाई महत्वपूर्ण प्लेटर्फम प्रदान गर्ने बताईन् ।

‘यो कार्यक्रमले सहभागिलाई आत्मविश्वास सहित यस्ता गतिविधिमा सहभागि हुन सक्षम बनाउनुको साथै उनीहरुलाई अन्तराष्ट्रिय मञ्चसम्म पुग्ने अवसर पनि प्रदान गर्ने छ’ उनले भनिन् ।

मिस पिंक विजेता एनीले थाइल्याण्डमा हुने मिस पिंक इन्टरनेशनलमा सहभागिता जनाउनुको साथै विश्वका प्रतिस्पर्धी सँगै तालिममा सहभागि हुने छिन् ।

नील हिरा समाजले आफ्नो स्थापनाकालदेखि नै यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको हक, अधिकार सम्बोधन गर्नका लागि वकालत कार्यक्रमलाई शसक्त बनाउन ‘मिस पिंक’ आयोजना गर्दै आएको छ ।

विश्व स्वास्थ्य संगठनले सन् १९९० मे १७ तारिखमा समलिंगी तेस्रोलिंगी अवस्थालाई रोगको सूचीबाट हटाएको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको छ ।

नीति निर्माता, सामाजिक अभियन्ता, सर्वसाधारण र सञ्चारमाध्यमलाई यौनिक तथा लैंगिक अल्पसंख्यकले भोगेको हिंसा र विभेदप्रति ध्यानाकषिर्त गर्ने उद्धेश्यले विश्वव्यापी उत्सवका रुपमा सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो ।

अहिले विश्वका १ सय ३० भन्दा बढी देशमा दिवस मनाउने गरिएको छ । विश्वका ३७ देशमा समलिंगी व्यवहार अवैध मानिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०७३ जेठ ६ गते बिहीबार