2 October 2023  |   मङ्लबार, अशोज १६, २०८०

आदिबासी जनजाती समन्वय समितिको अध्यक्षमा गोलेराम

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख २८, २०७३  

राबन बिश्वकर्मा, बाँसगढी, बर्दिया, बैशाख २८
बाँसगढी नगरस्तरिय आदिबासी जनजाती अगुवाहरुको भेलाले मंगलबार गोलेराम थारुको अध्यक्षतामा ९ सदस्यिय बाँसगढी नगरपालिका स्तरिय आदिबासी जनजाती समन्वय समिति गठन गरेको छ । समितिको सचिवमा फगुवा थारु, सदस्यहरुमा दरबारी थारु, कलीराम थारु, मोहन थारु, मोतीराम थारु, तुलसीराम थारु, जोगीराम चौधरी, लक्ष्मण थारु र सोनु थारु रहेका छन । भेलाले उक्त समितिलाइ महिला र अन्य जनजाती सहितलाइ मनोनित गरी पदपुर्ती गर्न समितिलाई जिम्मेवारी दिएको छ । उक्त भेलाले थारु साँस्कृतिक संग्रहालय बाँसगढी नगरपालिका ८ मा रहेको प्राचिन सृजनशिल आदिबासी समाज बर्दियाको दर्ता प्रमाणपुर्जा भएको जग्गामा स्थापनागरी निर्माण गर्ने निर्णय गरेको छ । आदिबासी जनजाती समन्वय परिषद बर्दियाका सदस्य गोबिन्द प्रसाद थारुको प्रमुख आतिथ्यमा भएको भेलाले सीक्कलसेल एनिमियाँ सम्बन्धि जनचेतना जगाउने र थारु हस्तकला ढकीया गोंरी तालिम गराउने बिषयमा पनि छलफल गरेको थियो । गोलेराम थारुको सभापतित्वमा भएको भेलामा बाँसगढी नगरपालिकाका बरघर, बिभिन्न राजनितिक दलसंग सम्बद्ध बुद्धीजिवी, पत्रकार गरी ४५ जनाको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः मङ्लबार, बैशाख २८, २०७३     6:46:45 PM  |