कोहलपुर, बैशाख २७
उद्योग मन्त्री सोमप्रसाद पाण्डेले नौवस्तास्थित प्रस्तावित औद्योगिक क्षेत्रको शिलन्यास जेष्ठ १० गते हुने दावी गरेका
छन् । आइतबार नौवस्तास्थित औद्योगिक क्षेत्रको अवलोकन गर्दै यस्तो दावी गरेका हुन् । उनका अनुसार चारदिनभित्र सबै प्रक्रिया पु¥याई जग्गा औद्योगिक क्षेत्रको नाममा गरिनेछ । सो का लागि वन, मालपोत,
भूमिसुधार लगायत सबै कार्यालयबाट हुने काम अन्तिम चरणमा पुगेको उनले बताए ।
उनले औद्योगिक क्षेत्रको विकाससँगै स्थानीयका लागि रोजगारीका अवसर, आर्थिक सवलिकरणको आधार बन्नेमा विश्वस्त हुन आग्रह गरे ।
प्रकाशित मिति : २०७३ वैशाख २७ गते सोमबार
प्रतिक्रिया दिनुहोस्