कोहलपुर, बैशाख २१
कम्प्युटर एशोसियशन नेपाल महासंघ (क्यान) बाँकेले विभिन्न कार्यक्रमको आयोजना गरि सोमबार क्यान दिवस मनाएको छ ।
सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरि मनाएको दिवस सोमबार ¥याली निकालेर दिवस मनाइएको हो ।
सप्ताह व्यापी रुपमा दिवस मनाइरह“दा क्यानले नेपालगन्जको पुष्पलाल चोकदेखि निकालेको ¥याली नगरको विभिन्न भाग परिक्रम गरि सहिद सेतुविक चोकमा पुगी कोणसभामा परिणत भएको थियो । सप्ताह व्यापी रुपमा मनाउदै आएको दिवस क्यानले अन्तिम दिन ¥याली निकालेर समापन गरेको छ ।
कोणसभालाई सम्बोधन गर्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले विज्ञान प्रविधिको युगमा सुचना प्रविधि अहिले तीव्र गतिमा अगाडि बढेको जानकारी गराए । प्रविधिलाई सहि सदुपयोग गरे छिनछिनमा देशविदेशको खबर सजिलै पाउन सकिने कुरामा उनले जोड दिए ।
क्यानले नेपालगन्जको न्युरोडमा स्लो बाईक प्रतियोगिता तथा विभिन्न मिडियासंग छलफल, गोष्ठी लगायतका कार्यक्रमको अयोजना गरेको थियो । सुचना प्रवाहको मुख्य जिम्मेवारी रहेका क्यानले अहिले देशको विकास तथा टेक्नोलोजीमा ठुलो फड्को मारेको बताएको छ ।
प्रकाशित मिति : २०७३ वैशाख २१ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्