क्रोनिक ग्यासटाइग्सि’को सफल उपचार



कोहलपुर, बैशाख २०
शरीरको दायाँ भाग पुरै झम्झमाउने रोगबाट ग्रसित भएको बर्दिया सानोश्रीका ३९ वर्षिय थिर बहादुर वलीको सफल उपचार गरिएको छ । योग एवं प्राकृतिक चिकित्सालय कोहलपुरका डा. विपि रेग्मी र डा. सुशिल पराजुलीले उनको सफल उपचार गरेका हुन् ।
शरीरको दायाँ भागका पुरै नसाहरु नै बन्द हुने गरेको वलीले बताए । दुई वर्ष देखि डाक्टरको भाषामा क्रोनिक ग्यासटाइग्सि नामक रोगबाट ग्रसित भएको उनलाई योग एवं प्राकृतिक चिकित्सालयले उक्त रोगबाट मुक्त गराएको छ ।
नेपालगञ्ज, काठमाण्डौ र भारतको लखनऊसम्म उपचार गर्दा पनि निको नभए पछि योग विधिबाट उपचार हुने थाहा पाए पछि योग एवं प्राकृतिक चिकित्सालय कोहलपुरमा आएको उनी बताउँछन् । ‘धेरै ठाउँ गए । सन्चो भएन । औषधी खाँदा स्वास्थ्य झन बिग्रदै गयो’ उनले भने ‘योग एवं प्राकृतिक
चिकित्सालय कोहलपुरमा आए पछि अहिले ठिक भयो । योग विधिबाट उपचार डाक्टरले गर्नुभयो ।’
लगातार एक वर्ष सम्म औषधी खाँदा मानसिक रुपमा असर परेको उनले बताए । करिब एक लाख रुपैंया सम्मको औषधी गर्दा पनि सन्चै नहुँदा योग एवं प्राकृतिक चिकित्सालयमा बैशाख ९ गते आउँदा दिनको हजार रुपैंयाले उपचार भईरहेको उनी बताउँछन् । यस्ता बिरामी भएकाहरुले औषधी खानु भन्दा योग एवं प्राकृतिक चिकित्सालयमा जान उनी सुझाव दिएका छन् । डाक्टरका अनुसार पेटमा समस्या आउँदा यस्तो हुने गरेको पाइन्छ ।

  • No tags available
प्रकाशित मिति : २०७३ वैशाख २० गते सोमबार