2 October 2023  |   मङ्लबार, अशोज १६, २०८०

पसल चोरी गर्ने दुई युवा पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख १६, २०७३  

सुदीप अधिकारी
बर्दिया, बैशाख १६
बर्दियाको भुरीगाउँ बजारस्थित जिजि ब्रदर्शले संचालन गरेको माइक्रोटिच कम्प्युटर एजुकेशन एण्ड इलेक्ट्रोनिक्स पसलबाट मोवाइल चोरेर भागेका २ युवा पक्राउ परेका छन् । चोरी भएको झण्डै तीन महिनापछि प्रहरीले चोरी भएका मोवाइल सहित उनीहरुलाई पक्राउ गरेको हो ।
दैलेख गोगनपानी– २ भित्री खोला घर भएका १८ वर्षीय शुरेन्द्र बंशी र कमल खत्रीलाई सामसुङ लगायत विभिन्न ब्राण्डका ७ वटा मोवाइल सेट र २ वटा ट्याव्लेट सहित दैलेखबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरिक्षक शंकरदत्त भट्टले बताए ।
पक्राउ परेका दुबै जनालाई ईलाका प्रहरी कार्यालय भुरीगाउँले बुधबार पत्रकार र स्थानिय व्यापारीको उपस्थितीमा सार्वजनिक गर्यो । चोरी भएका मोवाइलको आइएमई नम्बरको आधारबाट चोर पत्ता लागेको प्रहरीले जनायो ।
उनीहरुले चोरेको केही मोवाइल सुर्खेत विरेन्द्रनगरको एक पसलमा विक्री गरेको र केही मोवाईल गाउँमै बिक्री गरेका
थिए ।
पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय गुलरिया पठाईएको छ । चोरी मुद्धामा बिगो र सोही बराबरको जरिवाना र तीन महिना सजाय हुने कानुनी प्रावधान रहेको प्रहरीले जनाएको छ ।
गत माघ २० गते जिजि ब्रदर्शले संचालन गरेको माइक्रोटिच कम्प्युटर एजुकेशन एण्ड इलेक्ट्रोनिक्स पसलबाट २० वटा मोवाईल सेट र ट्यावलेट चोरी भएको थियो । पसलबाट झण्डै ४ लाख मुल्य बराबरको मोवाइल, ट्याब्लेट लगाएतका इलेक्टोनिक सामाग्री चोरी भएको पसलका प्रोपाइटर गोपाल निरौलाको दावी गरेका छन् ।

प्रकाशित मितिः बिहिबार, बैशाख १६, २०७३     1:26:41 PM  |