28 March 2024  |   बिहिबार, चैत्र १५, २०८०

बिजुली दिन भारत तयार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख १५, २०७३  

कोहलपुर, बैशाख १५
भारतले नेपालगञ्जलाई थप १ मेगावाट विजुली दिने भएको  छ । नेपालगञ्जबाट बहराइच गएको सर्वपक्षीय टोलीसंगको मौखिक सहमतिअनुसार तारले धानेसम्म थप १ मेगावाट बिजुली दिन भारतीय पक्ष सहमत भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र नेपालगञ्जका प्रमुख उमेश झाले बताए ।
भारतले २ सय १० एम्पियर विजुली दिइरहको थियो, झाले भने, ‘अब तारले लोड धानेको अवस्थामा थप २० एम्पियर बिजुली दिने भएको छ ।’ उनले नेपालगञ्जमा भारतबाट साढे ११ मेगावाट बिजुली आइरहेकोमा अब बढेर झण्डै १४ पुग्ने बताए । यसले नेपालगञ्जको विद्यमान लोडसेडिङको अवधि नघटेपनि थप विद्युत भार कटौति गर्नुपर्ने अवस्था भने नआउने झाको भनाई छ । नानपारामा अहिलेसम्म २० एम्पियरको ट्रान्सफर्मर रहेकोमा अब ४० एम्पियरको राखिन लागेकाले पटक पटक विद्युत अबरुद्ध हुने समस्या नहुने झाले बताए । भारतले छुट्टै लाइन दिन पनि तयार रहेको भन्दै झाले त्यसका लागि सरकारसमक्ष प्रस्ताब पठाइने बताए ।

प्रकाशित मितिः बुधबार, बैशाख १५, २०७३     9:06:06 AM  |