2 October 2023  |   मङ्लबार, अशोज १६, २०८०

डढेलोबाट १६ हजार हेक्टर वनमा क्षति

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख १४, २०७३  

 तुलसीपुर , वैशाख १४

गर्मी मौसम सुरु भएयता डढेलोका कारण १६ हजार हेक्टर क्षेत्रफल वन जङ्गलमा क्षति पुगेको छ ।

जिल्ला वन अधिकृत रामप्रसाद चालिसेका अनुसार हालसम्म जिल्लाका १३८ बढी स्थानका जङ्गलमा डढेलोले क्षति पु¥याएको छ । जिल्ला वन कार्यालयले डढेलो नियन्त्रणका लागि विभिन्न प्रयास गरे पनि रोकिएको छैन ।

जङ्गलमा आगलागी हुन नदिन विभिन्न सञ्जाल निर्माण गर्नाका साथै जोखिमयुक्त सामुदायिक वनका उपभोक्ता समूहलाई वन कार्यालयले डढेलो नियन्त्रणका लागि सामग्री यसअघि नै वितरण गरेको छ ।

वन कार्यालयले जङ्गलमा लाग्ने डढेलो मानवीय कारणबाट नै लाग्ने गरेको जनाए पनि हालसम्म कसैलाई पनि पक्रन नसकिएको जनाएको छ । रासस

प्रकाशित मितिः मङ्लबार, बैशाख १४, २०७३     5:22:00 PM  |