टिटिहिरिया गाविसमा गाविस स्तरिय एकिकृत घुम्ती शिविर संचालन हुने



कोहलपुर, बैशाख १२
अमेरिकी सहयोग नियोग र साझेदारी विकास परियोजानाको सहयोगमा वातावरण तथा ग्रामिण विकास केन्द्र (इन्रुडेक) कोहलपुरको ब्यवस्थापन, स्वास्थ्य चौकी टिटिहिरिया, पशु सेवा केन्द्र वनकटवा, कृषी सेवा केन्द्र कोहलपुर, व्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगंजको समन्वयमा मिति २०७३ बैशाख १४ गते टिटिहिरिया गाविसले गाविस स्तरीय एकिकृत घुम्ती शिविरको आयोजना गर्न गईरहेको छ । उक्त शिविर विहान ९ बजे देखि साँझ ५ वजे सम्म सोही गाविसको वडा नं. २ मा अवस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सञ्चालन हुने इन्रुडेक कोहलपुरका परियोजना संयोजक सुमन विश्वकर्माले बताएका छन । उक्त शिविरमा गर्भवती जाँच, सामान्य चेकजाँच र औषधी वितरण, पशुमा लाग्ने खोरेत रोगका विरुद्ध खोप, पशु बन्ध्याकरण, तरकारीको विउविजन तथा जानकारी मुलक पर्चा पम्पलेट वितरण, कान चेकजाँच तथा औषधी वितरण, नागरिकताको सिफारिस लगायत अन्य सिफारिसहरु सहितको सेवा प्रदान गरिने परियोजना संयोजक विश्वकर्माले बताएका छन । उक्त शिविरमा टिटिहिरिया गाविस स्थित सामुदायिक मेलमिलाप केन्द्रले हेल्प डेस्क राख्ने र सामुदायिक मेलमिलाप केन्द्र सम्बन्धी सुचनामुलक पर्चा पम्पलेट तथा लैगिंक हिँशा सम्बन्धी पर्चा पम्पलेट वितरण तथा परामर्ष दिने भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७३ वैशाख १२ गते आइतबार