8 March 2021  |   मङ्लबार, फाल्गुन २५, २०७७

शिक्षक संगठनको परिषद सम्पन्न

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख ६, २०७३  

सुदीप अधिकारी
बर्दिया ६ बैशाख
नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दियाको १३औँ जिल्ला परिषद आइतबार सम्पन्न भएको छ । परिषदमा संगठनका सचिव भक्तिसागर रेग्मीले संगठनले गरेका विभिन्न क्रियाकलाप र आगामी वर्षको कार्यक्रम प्रस्तुत गरेका थिए । भने संगठनका कोषाध्यक्ष नारायण अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
३७ औँ शिक्षक दिवस तथा १३ औँ जिल्ला परिषद्को अवसरमा संगठनले सेवा निवृत शिक्षकहरुलाई सम्मान गर्यो । नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष खुमलाल शर्मा र नेपाल शिक्षक महासंघका महासचिव तिलक कुँवरले संयुक्त रुपमा शिक्षकहरुलाई सम्मान गरेका हुन् ।
यसैगरी शिक्षक संगठनले बर्दियामा शिक्षक संगठन स्थापना गर्ने संस्थापकहरुलाई पनि सम्मान गरेको छ । १३ औँ दक्षिण एशियाली खेलकुुद प्रतियोगितामा खोखो खेलमा सहभागी भई कास्य पदक विजेता बर्दियाका ४ जना खेलाडी पनि सम्मनित भएका
छन् ।
शिक्षक दिवस तथा शिक्षक संगठनको १३ औँ जिल्ला परिषदको अवसरमा शिक्षक संगठनद्वारा प्रकाशित शिक्षक सन्देश पुस्तकको विमोचन
गरियो ।
नेपाल राष्टिय शिक्षक संगठनका जिल्ला अध्यक्ष लोकमणी आत्रेयको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संगठनमा आवद्ध करिव २ सय शिक्षकहरुको उपस्तिथी रहेको थियो । कार्यक्रममा विभिन्न विद्यालयका ३० जना शिक्षकले नेपाल राष्ट्रिय शिक्षक संगठनको आजिवन सदस्यता लिएका
थिए ।

प्रकाशित मितिः सोमवार, बैशाख ६, २०७३     9:12:06 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *