25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

हनुमान जयन्ती मनाइने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख ५, २०७३  

कोहलपुर, बैशाख ५
नेपालगंजमा हनुमान जयन्ती भब्य रुपमा मनाइने भएको छ । नेपालगन्ज स्थित हनुमन्त गौशालामा आयोजित पत्रकार सम्मेलनमा श्री सुन्दरकाण्ड मित्र मण्डलका उपाध्यक्ष जितेन्द्र सिंह ठाकुरले हनुमान जयन्ती भब्य रुपमा मनाइने जानकारी दिए । पत्रकार सम्मेलनमा बोल्दै श्री हनुमन्त गौशालाका अध्यक्ष सुदिप भटट्राईले गौशालामा बैशाख आठ गते अखण्ड रामायण पाठ अष्टयाम संकिर्तन बिहान १० बजेबाट शुरु भई नौ गते बिहान १० बजे समापन हुने जानकारी दिए ।
हरेक बर्ष जस्तै यस बर्ष पनि हनुमान जयन्ती भब्य रुपमा मनाउने र यसमा सबै आम नागरिकहरु लाई सहभागीताका लागि आव्हान गरिएको छ । साथै हनुमान जयन्तीको मुख्य आर्कषण भनेको एक सय एकाउन्न किलो एउटै लडडु बाट हनुमान जी लाई भोग लगाउने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रम बैशाख ९ गते रात्रीमा बालाजीको रात्रि जागरण गरिने छ भने बैशाख १० गते मोन्टी नटराजन गु्रप दिल्ली भारत बाट आएका कलाकारहरुद्वारा झाँकी प्रदर्शन तथा बालाजीको शोभा यात्रा बिहान ६.३० मा शुभारम्भ हुने बताइएको छ । शोभा यात्रा नेपालगंज शीतलनगर स्थित रहेको मारवाडी सेवा परिषद्बाट शुरु भई त्रिभुवन चौक, त्रिवेणी मोड,सेतु बिक चोक, धम्बोझी चोक, घरवारी टोल हनुमान गढी मन्दिर हुँदै हनुमत गौशालामा पुग्ने आयोजकले जनाएको छ ।

प्रकाशित मितिः आइतवार, बैशाख ५, २०७३     8:29:16 AM  |