15 May 2024  |   बुधबार, जेष्ठ २, २०८१

सडक गुणस्तरहिन भएको भन्दै आक्रोश व्यक्त

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, चैत्र २९, २०७२  

सडक गुणस्तरहिन भएको भन्दै आक्रोश व्यक्त
कोहलपुर, चैत्र २९
राँझा देखि जमुनाहा सम्मको सडक निर्माण सम्पन्न हुन नसक्दा नेपालगन्जबासीहरु आक्रोशित भएका छन् । अन्तरपाटी सञ्जाल बाँकेले आइतबार नेपालगन्जमा नेपालगन्जको सडक र बिद्युत समस्याका बारेमा गरेको अन्तरसम्बाद कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले राँझा देखि जमुनाहा सम्मको सडक निर्माणको क्रममा गुणस्तरहिन कार्य तथा काममा ढिलाइ समेत भएको भन्दै ठेकेदार कम्पनीको तीव्र आलोचना गरेका छन् ।
एउटै मापदण्ड, एउटै शमय र एउटै बजेटमा निर्माण शुरु गरिएको कोहलपुर राझा सडक खण्ड निर्माण सम्पन्न भएको बर्षौ बितीसक्दा समेत राझा देखि जमुनाहा सम्मको सडक निर्माण कार्य ढिलासुस्ती हुनु स्थानीय प्रसासन र ठेकेदार कम्पनिको लार्पबाही भएको बक्ताहरुको आरोप रहेको थियो ।
कार्यक्रममा बोल्दै युवा नेता रविन्द्र लम्सालले सुर्खेतरोड जमुनाहा राजमार्ग भएपनि ग्राईभेल रोड जस्तो भएको प्रति सरकारी निकायले नगरेको आरोप लगाए । यसैबीच अन्तर्कृया पछीको निक्र्योल निकाल्दै सर्वदलिय तथा सर्बपक्षिय बैठकले राझा देखि जमुनाहा भन्सार सम्म निर्माणको अन्तिम चरणमा रहेको बाटो मापदण्ड अनुसार गुणस्तर भए नभएको बारेमा अनुगमन गरेर मात्र पास गर्ने निर्णय गरेको छ । यसका लागि प्राईभेट प्राविधिकको टोलिले स्टीमेट अनुसार बाटो निर्माण भए नभएको बारे हेरफेर गर्ने बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले बताए । प्राविधिक टोलिको अनुगमन पछि सडक बिभाग र सम्बन्धित निकायबीच अन्र्तक्रियात्मक छलफल गरीने र बाटो गुणस्तर नभए हस्तान्तरण नगरिने उनले बताए ।
कार्यक्रममा बोल्दै सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख राजेश यादवले घना बस्ति र सानो सानो दुरी भएर काम गरेको हुनाले गुणस्तरिय नभएको
बताए । लामो स्टेटमा काम नहुदा समस्या भएको बताउँदै उहाँले राँझा देखि जमुनाहासम्मको गुणस्तरियता एकनासको नभएको बताए । त्यस्तै नेपालगन्जमा बढ्दै गैरहेको बढदो लोडसेडिङ्गका बिरुद्ध नेपालगन्जबासीहरुले खुलेर बिद्युत प्राधिकरणको बिरोध जनाएका थिए । अहिले विद्युत प्राधिकरणले विना जानकारी १२÷१३ घण्टा लोडसेडिङ गर्दा नेपालगन्जवासीले प्रचण्ड गर्मीको मार खेपिरहेको उनिहरुले बताए । उता नेपालगन्ज विद्युत प्राधिकरणका प्रमुख उमेश कुमार झाले अरुको तुलनामा नेपालगन्जवासीलाई विद्युतको समस्या नरहेको बताए ।
अन्तरपाटी संजाल बाँकेले आयोजना गरेको कोहलपुर जमुनाहा सडक खण्डको गुणस्तरहिन र विद्युत समस्याको सन्दर्भमा आयोजित कार्यक्रममा बाँकेका स्थानिय बिकास अधिकारी जीवलाल भुसाल, बाँकेका प्रहरी प्रमुख टेक प्रसाद राई, बिभिन्न राजनीतिक दलका प्रमुख, सडक डिभिजन कार्यालय प्रमुख, बिद्युत प्राधिकरण प्रमुख लगायत बिभिन्न सरोकारवाला निकायहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः सोमवार, चैत्र २९, २०७२     11:54:04 AM  |