16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

कोहलपुरमा यु–१७ राष्ट्रिय क्रिकेट लिग हुँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र २५, २०७२  

कोहलपुरमा यु–१७ राष्ट्रिय टि–२० क्रिकेट लिग हुने भएको छ । मध्यपश्चिम क्रिकेट क्लब (एमडब्लुसिसि) को आयोजनामा आगामी बैशाख ११ गतेदेखि १८ गतेसम्म क्रिकेट लिग हुने भएको हो ।
बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगीताको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । प्रतियोगीतामा देशभरका ८ टिमको सहभागिता रहनेछ । ‘देशभरबाट ८ टिमको टुंगो लागिसकेको छ’ क्लबका का.वा. अध्यक्ष संगिन शर्माले भने ‘अन्य टोली आउन चाहेमा पनि दर्ता गर्न सकिन्छ ।’ प्रतियोगीतामा सहभागी टोलीका लागि खाने, बस्नेको पनि व्यवस्था गरिएको उनले बताए ।

कोहलपुरमा यु–१७ राष्ट्रिय टि–२० क्रिकेट लिग हुने

क्रिकेटमा स्थानियस्तरबाटै नयाँ खेलाडी उत्पादन गर्ने, खेलमार्फत युवाहरुलाई कुलत र अपराधिक क्रियाकलापमा नलाग्न व्यापक जनचेतना फैलाउने, प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको प्रबद्र्धनका लागि सहयोग गर्ने लगायतका उद्देशय राखेर क्रिकेट प्रतियोगीताको आयोजना गरिएको क्लबका सचिव केशव रानाले जानकारी दिए ।
प्रतियोगितामा विजेता हुने टोलीले ५१ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले २१ हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकको भनाई छ । यसअघि पनि एमडब्लुसिसिले प्रतियोगिताहरु गर्दै आइरहेको बताउँदै क्लबकी कोषाध्यक्ष सुनिता नेपालीले प्रतियोगिता सफल पार्नका लागि सबैले सहयोग गर्नुपर्ने धारणा राखिन् ।

प्रकाशित मितिः बिहिबार, चैत्र २५, २०७२     4:58:28 PM  |