कोहलपुर, चैत्र २२
माथिल्लो कर्णाली परियोजनाको नाममा भारतिय सेना भित्र्याउने खेल भैरहेको भन्दै माथिल्लो कर्णाली बचाउ अभियानले बिरोधका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
अभियानले माथिल्लो कर्णाली परियोजना नेपाली जनताको पक्षमा नभएको बताउँदै देशका विभिन्न स्थानमा माथिल्लो कर्णाली परियोजनाका बिरुद्धमा तयार पारिएको वृतचित्र प्रदशनी जनचेतनामुलक कार्यक्रम अन्र्तकृया लगाएतका कार्यक्रमहरु गर्दै आइरहेको छ । अभियानले सोमबार नेपालगन्जमा पत्रकार अन्र्तकृया तथा वृतचित्र प्रदशनी गरेको छ । पत्रकार अन्र्तकृया कार्यक्रममा बोल्दै माथिल्लो कर्णाली बचाऔं अभियानका केन्द्रिय अध्यक्ष भरत बहादुर शाहीले मुलुकको ठुलो जलसम्पदालाई कौडीको मूल्यमा विदेशको हातमा सुम्पिनु नेपालका शासकहरुको दरिद्र मानसिकता रहेको बताए । नेपालकै ठुलो जलसम्पदा ४ हजार १ सय ८० मेगावाट क्षमता बोकेको बहु आयमिक संसारकै सस्तो, सुलभ र सुन्दर अपार जलश्रोतलाई विदेशी कक्पनीलाई सुम्पिनु देशको लागि ठुलो घाट भएको अध्यक्ष शाहले पत्रकार सम्मेलनमा बताए । भारतीय बहुराष्ट्रिय कम्पनी जिएमआरलाई सुम्पिनु देशकै खतरा रहेको कुरामा उनले जोड दिए । देशलाई टुक्राउन तथा कम्पनीमा विदेशी सेना परिचालन
गर्न भारतले चलखेल गरिरहेको उनले बताए । भारतीय बहुराष्ट्रिय कम्पनी र नेपाल सरकार विच भएको यो सम्झौता राष्ट्रघाती भएको अभियानको ठहर छ । राष्ट्रघाती सम्झौता पिडिए लाई खारेज गर्न माथिल्लो कर्णाली बचाउ अभियानले आन्दोलनलाई उचाईमा पु¥याउन संघर्ष गरिरहेको अध्यक्ष शाहको दावी रहेको बताए । उनले प्राकृतिकको वरदान स्वरुप प्राप्त माथिल्लो कर्णाली जलविद्युत आयोजना नेपालको समग्र देशको विकासको लागि मेरुदण्ड सावित भएको सम्पदा भारतलाई सुम्पिनु राष्ट्र घातक भएको बताए । सरकारले भारतिय कम्पनीको रेखदेख गर्ने जिम्मा नेपाली सेनालाइ दिएर राष्ट्रघाती कमद भएको बताए ।
प्रकाशित मिति : २०७२ चैत २२ गते सोमबार
प्रतिक्रिया दिनुहोस्