कोहलपुर, चैत्र २०
लामो संघर्षपछि पूर्वपश्चिम यातायात व्यवसायी संघले कोहलपुर बसपार्कमा टिकट बुकिङ्ग काउण्टर स्थापना गरेको छ ।
धेरै समय अघिदेखि नै काउण्टरका विषयमा विवाद
हुँदै आएकोमा सहमति
पछि काउण्टर स्थापना गरिएको हो ।
विभिन्न बुँदामा सहमतिपछि मात्रै काउण्टर स्थापना गर्न पूर्वपश्चिमलाई सहज भएको हो । यसअघि काउण्टरका विषयमा भएको विवादले ठूलो रुप लिने संकेत देखा परेको थियो । तर, विभिन्न बुँदामा भएको सहमतिले विवाद साम्य बनाएको जस्तो देखिएको छ ।
काउण्टरको शुक्रबारदेखि औपचारिक रुपमा शुभारम्भ गरिएको छ । टिकट काउण्टरको कोहलपुर उद्योग व्यापार संघ अध्यक्ष नरेन्द्र शर्माले उद्घाटन गरेका छन् । काउण्टरको उद्घाटन गर्दै यातायात व्यवसायीहरुमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए । यातायात क्षेत्र स्वस्थ प्रतिस्पर्धाले मात्रै माथि उठ्ने उनले बताए ।
पूर्वपश्चिमका अध्यक्ष प्रेमप्रसाद शर्माको सभापतित्वमा भएको कार्यक्रममा कोहलपुर बसपार्क सुधार समिति अध्यक्ष कृष्ण रानाभाट, एमाले बाँके क्षेत्र नंं १ अध्यक्ष बलराम भट्टराई, नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुर कार्यालय प्रमुख लालबहादुर भण्डारी, ट्राफिक प्रहरी लगायतको उपस्थिति रहेको थियो ।
पूर्वपश्चिमले यसअघि बसपार्क परिसरमै कोठा भाडामा लिएर सेवा दिइरहेको थियो ।
प्रकाशित मिति : २०७२ चैत २० गते शनिबार
प्रतिक्रिया दिनुहोस्