कोहलपुर, चैत्र१५
आर्थिक विकास र सामाजिक रुपान्तरणका लागी सहकारी भन्ने मुल नाराका साथ ५९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा मंगलबार कोहलपुरमा बृहत रक्तदान कार्यक्रममा १३० जनाले रक्तदान गरेका छन् । साताव्यापी रुपमा राष्ट्रिय सहकारी दिवस मनाउने क्रममा कोहलपुरमा सहकारी प्रशिक्षण तथा डिभीजन कार्यलय बाँके,जिल्ला सहकारी संघ लगायत विभिन्न सहकारी कार्यलयको संयुक्त आयोजनामा कार्यक्रम गरीएको छ । जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम बहादुर भण्डारीबाट रक्तदान कार्यक्रम सुरु गरीएको थियो । कार्यक्रमका प्रमुख अतिथी सहकारी प्रशिक्षण तथा डिभीजन कार्यलय बाँकेका साहायक प्रशिक्षक ऋषीराज पौडेलले सहकारीको माध्यमबाट स्थानिय स्तरमा आर्थिक विकास भइरहेको अवस्थामा सहकारीले मानविय सेवाको रक्तदान कार्यक्रम गरेको बताए । कार्यक्रममा सहकारी बैंक कोहलपुरका प्रवन्धक सुजन ददेल लगायत कोहलपुर क्षेत्रका २० भन्दा बढी सहकारीका प्रतिनिधी १३० जनाले रत्तदान गरेका छन् ।
प्रकाशित मिति : २०७२ चैत १६ गते मंगलबार
प्रतिक्रिया दिनुहोस्