कोहलपुरमा पत्रकारको प्रभातफेरी सम्पन्न



कोहलपुर, १५
पत्रकार महासंघको ६१ औं स्थापना दिवसको अवसरमा कोहलपुरमा मंगलबार प्रभातफेरी गरिएको छ । नेपाल पत्रकार महासंघ बाँकेको आयोजनामा कोहलपुरको पिपलचौतारा चोकबाट शुरु भएको प्रभातफेरि कोहलपुर चौराहामा आएर कोणसभामा परिणत भएको थियो । पत्रकारहरुको प्रभातफेरीमा विभिन्न राजनैतिक दलका प्रतिनिधि, कोहलपुर जेसीज, लायन्स क्लब, व्यापारी, बुद्धिजिवी, यातायात व्यवसायी लगायतको सहभागिता रहेको थियो । कोणसभामा बोल्ने वक्ताहरुले लोकतन्त्र स्थापनामा पत्रकारहरुको उल्लेख्य भूमिका रहेको भन्दै पत्रकार जगतको स्तरोन्नतीका लागि राज्यले ठोस नीति लिनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष हेमन्त कर्मचार्यले पत्रकारिताको क्षेत्रले निरङ्कुशताका विरुद्धमा प्रहार गर्ने, लोकतन्त्रको रक्षक र समाजको पहरेदार भएको बताए । नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष रुद्र सुवेदीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव तिलक गाउँलेले गरेका थिए

  • No tags available
प्रकाशित मिति : २०७२ चैत १६ गते मंगलबार