कोहलपुर, चैत्र १५
मटेहिया र गंगापुरमा गाउँ विकास समितिमा दुई दिने तालिम सम्पन्न भएको छ । नेपाल सरकार संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम , स्थानीय शासन उत्तरदायि संयन्त्रको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त दुई दिने तालिम दिएको हो । २ दिने तालिममा नागरिक अख्तियारी, सार्वजनिक सुनवाई, सार्वजनिक परिक्षण सम्बन्धित ओसीडिसी बाँकेले तालिम दिएको हो । समापन कार्यक्रममा बोल्दै मटेहिया गाविस सचिव मो इस्माईल खाँले सरकारले स्थानीय निकायमा संचालन गरेको परियोजनाको पंशन्सा गरे । खाले तालिमबाट सिकेका विषय वस्तु व्यवहारमा लागु गर्न सहभागिलाई आग्रह गरेको थिए । यसै गरी दुई दिने तालिम गंगापुर गाविसमा समेत सम्मन्न गरीएको ओसीडिसी बाँकेका जवाफदेहि अधिकृत रबि रोकायाले जानकारी दिए ।
प्रकाशित मिति : २०७२ चैत १५ गते सोमबार
प्रतिक्रिया दिनुहोस्