पोखरा, चैत ८ – पोर्नस्टार बन्छु भनेर चर्चामा आएकी अर्चना पनेरुको अभिनय रहेको चलचित्रको सुटिङ गर्न प्रहरीले रोकेको छ । चलचित्र विकास वोर्डमा दर्ता भएर मात्र सुटिङमा जानुपर्ने प्रावधान विपरित काम गरेको भन्दै पोखरा १८ खाल्टेमसिनास्थित डम्पिङ्गसाइट क्षेत्रमा सुटिङ गरिरहेको राजु गिरी निर्देशित फिल्म युनिटलाई प्रहरीले पक्रेको छ । पक्राउ पर्नेहरुमा निर्देशक गिरी र नायिका पनेरु सहित मुख्य कलाकार सुरेन्द्र बुढा, उकेश पनेरुसहित ९ जना छन् ।
चलचित्र विकास बोर्डले जिल्ला प्रशासन कार्यालय कास्कीलाई पत्रमार्फत बोर्डको स्वीकृती बिना नै चलचित्र जिस्मको सुटिङ्ग गरिरहेको जानकारी गराएपछि प्रशासनकै निर्देशनमा वडा प्रहरी कार्यालय रामबजारको टोलीले चलचित्र युनिटलाई पक्राउ गरेको प्रहरी निरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ परेको टोलीलाई जिल्ला प्रशासन कार्यालय कास्कीमा पठाईएको छ ।विकास बोर्डले भने आफूले इजाजत नदिएपनि चलचित्र छायांकन भइरहेकाले सुटिङ रोक्नु परेको जनाएको छ ।
पोर्नस्टार बन्छु भनेर चर्चामा आएकी अर्चनाले आफ्ना नग्न र अर्धनग्न तस्बिरहरु सामाजिक सञ्जालबाट सार्वजनिक पनि गर्दै आएकी छिन् । जिस्म युनिटले भने आफूहरुले चलचित्रको कथा बोर्डमा बुझाएर नै चलचित्रको सुटिङ थालेको जनाएका छ ।
प्रतिक्रिया दिनुहोस्