एजेन्सी । हामी हरेक दिन सयौं मानिससँग भेट्छौं । ति मध्ये कति मन पर्छन्, कति मन पर्दैनन् पनि । हामीले यसरी दैनिक भेट्ने मानिस मध्ये एक न एक व्यक्ति जीवनमा लामो समयसम्म सहयात्रीका रुपमा जोडिन सक्छ ।
यसरी जोडिनेमध्ये कैयन त हाम्रालागि फाइदाजनक र संगत गर्न लायक हुने गर्छन् । तर केही यस्ता व्यक्ति पनि पुगिन्छ, जसको संगत हाम्रा लागि प्रत्युत्पादक हुनसक्छ । केही मानिसहरु आफ्नालागि पर्फेक्ट पार्टनर छान्ने क्रममा हमेसा चुकिरहेका छन् ।
सुरुमा देख्दा जस्तो देखिन्छ, वास्तविक जीवनमा ऊ त्यस्तो नहुन पनि सक्छ । त्यसैले आज हामीले युवतीहरुले आफ्नो जीवन साथी चुन्ने क्रममा ध्यान दिनुपर्ने ८ कुरा जानकारी दिँदैछौं ।
१. यस्तो व्यक्तिको संगत कहिल्यै नगर्नुस्, जसले वेटर, रिक्सा चालक वा यस्तै पेशा गरेर जीवन चलाउने मानिसलाई नोकरको जस्तो व्यवहार गरोस् ।
२. यस्ता व्यक्तिसँग बच्नुस्, जसले आँखा छलेर शरीरमा कन्याइरहन्छ ।
३. यस्ता व्यक्तिसँग टाढा रहनुस्, जसको नजर बारम्बार तपाईंको कुनै एउटै अंगमा परिरहेको हुन्छ ।
४. यस्ता मानिससँग टाढै रहनुस्, जसले आफ्नो हातको कान्छी औंलाको नङ कैयन इञ्चसम्म बढाएको होस् ।
५. यस्ता व्यक्तिसँग हमेशा टाढा रहनुस्, जो आफ्नो कुरामात्रै सुनाईरहन्छ, तपाईंलाई सुन्नै तयार हुँदैन ।
६. हमेसा आफू नै केन्द्रमा रहन खोज्ने व्यक्तिसँग टाढा रहनु नै वेश हुन्छ ।
७. यस्ता व्यक्तिलाई छिट्टै बाई भन्न राम्रो हुन्छ, जसले महिलाहरु किचनमै सिमित रहनुपर्छ भन्ने सोच्छ ।
८. अग्रज र अशक्तलाई मद्दत गर्नबाट भाग्ने मानिसबाट तपाईं पनि भाग्नुस् ।
प्रतिक्रिया दिनुहोस्